‘कबड्डी’को तेस्रो सिरिज उपसनाको लागि अवसर र चुनौती

आर्टिष्ट खबर/जेठ काठमाडौं ।

चलचित्र ‘क्याप्टेन’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी उपसना सिंह ठकुरीले डेब्यु चलचित्रबाटै सर्वाधिक प्रशंसा बटुल्न सफल भइन् । चलचित्रमा उनले गरेको अभिनयलाई निकै रुचाइएको थियो । चलचित्रमा समावेश ‘रहर छ सँगै’ बोलको गीतमा अभिनेता अनमोल केसी र उनको अभिनयले धेरै दर्शकलाई आर्कषित बनायो। उनी हाल सुन्दर र ट्यालेन्ट अभिनेत्रीको रुपमा चिनिन्छिन् ।

त्यसलगत्तै चलचित्र जगतमा उपासनाको माग ह्वात्तै बढेको छ। हाल उनी दर्शकले निकै रुचाएको हिट चलचित्र ‘कबड्डी’को तेश्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’मा अनुबन्धित भएकी छिन् । यसैक्रमममा उनले आफूले नेपाली चलचित्रहरु मध्यमा सबै भन्दा पहिला ‘कबड्डी’ हेरेको र चलचित्र निकै मानपरेको बताइन् । आफू यस चलचित्रमा काम गर्न पाउँदा निकै खुशी भएको उनले बताएकी छिन् । चलचित्रमा  दयाहाङ र कर्मा जस्ता भर्सटायल कलाकारसँग भिड्न पर्ने हुनाले उपसना आफ्नोलागि यो चलचित्र अवसर र चुनौती दुबै रहेको बताउँछन् ।