राष्ट्रसंघ भनाउँदो पनि यस्तो बेलामा बोल्न सकेनः बद्री पंगेनी

...

badri pangeni - singerमंसिर ९, काठमाडौं । नेपालमा यतिसम्मको दुख पर्दा पनि राष्ट्रसंघ बोल्न सकेको भन्दै गायक बद्री पंगेनीले रिस पोखेका छन् । दुई महिना भन्दा लामो समय सम्म भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीले नेपाली जनताको जनजीवन निकै नै कष्टकर हुँदा समेत भारतसरकार र अन्य अन्तराष्ट्रिय संस्थाहरु कानमा तेलहालेर बसेको र राष्ट्रसंघले समेत कुनै पहल नगरेको उनेको भनाई छ ।

मंगलबार राजधानीमा नाकाबन्दी बिरुद्धमा भएको चलचित्रकर्मिहरुको राष्ट्रिय जागरण अभियान र्यालीमा सञ्चारकर्मिहरु सँग बोल्दै गायक पंगेनीले नेपालीलाई अन्य कुनैपनि देशले मान्छेनै नगनेको बताए । मानवताको हिसावले पनि नेपालीलाई मान्छे नगनेको उनको भनाई थियो ।