हलिउड अभिनेत्री तथा गायिका डोरिस डे को निधन

एजेन्सी ।

हलिउडकी चर्चित अभिनेत्री तथा गायिका डोरिस डे को निधन भएको छ। ९७ वर्ष पुगेकी डोरिसको सोमबार उनकै निवास कारमेल भ्याली, क्यालीफोर्नियामा निधन भएको हो । गयिका डोरिस केही समययता निमोनियाको संक्रमण भएपनि उपचारमा थिइन् ।  सदाबाहर अभिनेत्रीको उपाधी पाएकी डोरिस गायिका हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनका कलामिटी र पिलो टक सन् १९५६ तिर निकै चर्चित चलचित्र हुन्। त्यस्तै क्यू सेरा, सेरा पनि त्यो समयको निकै चलेको चलचित्रमध्ये पर्छ ।

सन् १९२२ अप्रिलमा मारी एन भोन कपपेहोफमा जन्मिएकी डेको सानैदेखि डान्सर बन्ने चाहना थियो । तर, कार दुर्घटनामा उनको दायाँ खुट्टामा चोट लागेपछि डान्सर बन्ने सपना अधुरै रहेको थियो । त्यसपछि उनले १५ वर्षको उमेरदेखि नै गीत गाउन सुरु गरेकी थिइन् । उनको संगीतको यात्राको सुरुवात नै ‘सेन्टिमेन्टल’ गीतबाट भएको थियो । जसले उनलाई चर्चाको शिखरमा पु¥यायो ।

उनको पछिल्लो समय सन् २०११ मा सार्वजनिक भएको ’माइ हर्ट’ गीति एल्बम बेलायतमा नम्बर एक बनेको थियो । उनको चलचित्र ‘दी म्यान हु न्यू टु मच’ र ‘द्याट् टच अफ मिन्क’ ले उनलाई विश्वभर चिनाएको थियो । पिलो टक चलचित्रबाट सन् १९६० मा ओस्कार अर्वाडका लागि मनोनयमा परेकी थिइन् ।