‘रातो टीका निधारमा’को भूमिकाले आरोप मेटाउने छः साम्राज्ञी

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो नयाँ चलचित्र ‘रातो टीका निधारमा’को भूमिका बिशेष रहेको बताएकी छिन् । आइतबार औपचारिक निर्माण घोषणा गरिएको यो चलचित्रमा साम्राज्ञीले आफ्नो लागी अहिलेसम्मकै फरक भूमिका रहेको बताएकी हुन् । उनले यसअघि धेरैको एकै किसिमको भूमिका भयो भन्ने आरोप रातो टीका निधारमाको भूमिकाले मेटाउने बताइन् ।

‘धेरैले मलाई तिम्रो सबै चलचित्रमा एउटै किसिमको भूमिका भयो भन्नुहुन्छ । यो चलचित्र हेरिसकेपछि पक्कैपनि फरक लाग्नेछ ।’ साम्राज्ञीले भनिन् । ‘मेरो यो चलचित्रमा गाउँले भूमिका छ । स्क्रिप्ट निकै राम्रो छ ।’

चलचित्रमा साम्राज्ञीसँगै नायिका निता ढुंगाना र खुस्बु खड्काको पनि अभिनय रहनेछ । साम्राज्ञीको जोडीको रुपमा यसै चलचित्रका लेखक तथा निर्देशक अशोक शर्माका छोरो अंकित शर्मा रहनेछन् ।