‘कप्स’मा प्रहरीको सकारात्मक चरित्र’ : निर्देशक सम्राट

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

यहि जेठ १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कप्स’मा प्रहरीको सकारात्मक चरित्र भएको निर्देशक सम्राट सापकोटाले जनाएका छन् । नेपालमा बन्ने गरेका चलचित्र मध्ये अधिकांशमा प्रहरीको भूमिका नकारात्मक देखाइएको हुन्छ तर यस चलचित्रमा दर्शकले प्रहरीको भूमिका यस्तो हुनुपर्ने भन्ने पाठ सिक्ने गर्ने निर्देशक सापकोटा बताउँछन् ।

विश्वमा राम्रो प्रहरीको रुपमा नेपाली प्रहरीले बनाएको छबीलाई आफुहरुले यो चलचित्रमा प्रस्तुत गरेको उनले बताएका छन् । ‘प्रहरीले राम्रो काम गरेको भए पनि उनीहरुमाथि जनताको हेराई र बुझाई किन नकरात्मक छ भन्ने बिषयलाई कप्समा देखाइएको छ ।’ निर्देशक सापकोटा भन्छन् । ‘नेपाल प्रहरी अहिले पनि विश्वमा सक्षम प्रहरी भनेर चिनिएको छ । त्यसैले मेरो चलचित्र कप्सले अपराध नियन्त्रणमा नेपाल प्रहरीको सफलताको कथा प्रस्तुत गरेको छ ।’

यस अघि दुई दर्जन भन्दाबढी चलचित्रमा अभिनय गरेका सम्राटले चलचित्र कप्सबाट निर्देशनमा हात हालेका हुन् । चलचित्रमा प्रहरी नायव उपरिक्षकको रुपमा अभिनेता अनुप बिक्रम शाहीलाई उतारिएको छ । यस अघि प्राय खलचरित्रमा उत्रने गरेको अनुपलाई कप्समा एउटा सक्षम र देशभक्त प्रहरीको रुपमा प्रस्तुत गरिएको पनि निर्देशक सापकोटाले बताए । कप्समा अनुप बिक्रमसँगै संदिपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, रोशन सुवेदी, सुन्दर श्रेष्ठलगायतको मुख्य भूमिका रहेको छ ।

सापकोटाका अनुसार चलचित्र कप्स ‘थ्रि पी’ अर्थात ‘पोलिटिक्स, पुलिस र पब्लिक’मा केन्द्रित रहेको छ । मुलुकमा बढ्दो, अपहरण, बलात्कार, हत्या, गुन्डागर्दीले समाजमा निम्त्याएका समस्या र त्यसलाई नियन्त्रण गर्न प्रहरीको भोग्नु परेको चुनौतीको सेरोफेरोमा आफ्नो फिल्म भएको पनि यी निर्देशकको कथन छ । यो चलचित्र उनी आफैंले लेखेका हुन् । राम शाक्यले निर्माण गरेको यो फिल्ममा सुसन प्रजापतिको छायाँकन, बिपिन मल्लको सम्पादन, स्वयम्भुराज शाक्यको संगीत छ।