‘प्रेमगीत ३’लागी २५ युवती अडिसनमा

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

निर्माण हुने भनिएको नयाँ चलचित्र ‘प्रेमगीत ३’का लागी नायिकाको छनोट कार्य जारी छ । अभिनेत्रीका लागी नयाँ अनुहार राखिने भनिएसँगै आवेदन खुल्ला गरिएको थियो जसमा २ हजार ७ सय १४ युवतीहरुको आवेदन आएको निर्माण कम्पनी आसुसेन फिल्मस्ले जानकारी दिएको छ । यसैगरी आएका आवेदनबाट उत्कृष्ट २५ छनोट गरिएको छ ।

निर्माता तथा निर्देशक सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ लगायतको टिमले २७ सय १४ जनाबाट उत्कृष्ट २५ छानेको हो । अब, उत्कृष्ट २५ बाट अभिनेत्री अर्थात चलचित्रको ‘गीत’पात्रका लागि एक जना छनौट गरिनेछ । छनौट गर्न लागिएकी युवतीबाट चलचित्रको भित्रको पात्रको चरित्र, लुक्स, उचाई, अभिनय शैली, सुन्दरता लगायतलाई ध्यान दिइने निर्माता सन्तोष सेनले जानकारी दिए । सेनले भनेकाछन् ‘प्रेमको जोडि अर्थात ‘गीत’को लागि आएका आवेदन अधिकांश आकर्षक थिए । उहाँहरुबाट उत्कृष्ट २५ छान्न हामिलाई निकै हम्मे–हम्मे समेत परेको थियो ।’

उत्कृष्ट २५ मा छानिएका इच्छुकहरुलाई आसुसेन टिमले फोन सम्पर्क गरेर बोलाउने बताइएको छ । उनिहरुबाट एक जनालाई क्षमता, लुक्स, उचाई, सुन्दरताको मापन गरेर गीत क्यारेक्टरमा छान्ने निर्माता सेनले बताए । चलचित्र ‘प्रेमगीत ३’ आगामी चैत २८ गते बाट प्रदर्शन हुने जानकारी दिइयो ।