सम्झनाले खुलाइनन् आफ्नो उमेर (भिडियो)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं।

नेपाली लोक तथा दोहोरी गीतकी लोकप्रिय मोडल सम्झना बुढाथोकीले जन्मदिन मनाएकी छिन् । म्युजीक भिडियो कलाकार संघ को आयोजनामा कृष्ण फिल्मस्को कार्यालयमा सम्झनाको जन्मदिन सरप्राइज केक काटिएको थियो । सम्झनाले आफ्नो कति औं जन्मदिन भन्ने खुलाउन चाहिनन् ।

म्युजीक भिडियो कलाकार संघका अध्यक्ष मोडल तथा कोरियोग्राफर शंकर बिसीले सम्झनासँग म्युजीक भिडियो मोडलिङका पुराना दिनहरुलाई धेरै सम्झिने गरेको बताए । ‘एक समय हामीलाई दर्शकले श्रीमान श्रीमती नै भन्ठान्थे । कतिपय कार्यक्रममा एक्लै जाँदा तपाईको श्रीमती खै समेत भनेको याद छ । अत्यधिक म्युजीक भिडियोमा सँगै देख्न दर्शकमा परेको छाप त्यस्तो थियो ।’ शंकरले भने । ‘सम्झना र मेरो सम्बन्ध दाजुबहिनीको हो, अझैपनि हामी भिडियोमा हाउनेछौं ।’

सम्झनाले शारिरीक रुपमा मोटो भएर पछिल्लो समय म्युजीक भिडियोमा कम आएको बताइन् । सम्झनाले अझैपनि दर्शकले आफूलाई म्युजीक भिडियोमा देख्न चाहेकाले छिट्टै मोडलिङ मार्फत दर्शक समक्ष आउने बताइन् । ‘तीज आउँदैछ पक्कै पनि केहि भिडियोमा दर्शकले देख्न पाउनु हुनेछ ।’ सम्झनाले भनिन् । जन्मदिन सेलिब्रेशन कार्यक्रममा मोडल महेन्द्र गौतम, रश्मी तामाङ, सारिका केसी लगायतको उपस्थिती रहेको थियो ।

Video: