तेस्रो हप्तामा ‘जात्रै जात्रा’लाई अझ बढी शो, बीर विक्रम २’ चाँही ?

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

आज शुक्रबार जेठ १७ गतेबाट चलचित्र ‘जात्रै जात्रा’ प्रर्दशनको तेस्रो हप्तामा प्रवेश गरेको छ । गत जेठ ३ गतेबाट सार्वजनिक प्रर्दशनमा आएको यस चलचित्रले पहिलो र दोस्रो हप्ताको तुलनामा यस हप्ता अझै बढी शो पाएको छ ।  नेपाली चलचित्र एकहप्ता पनि हलमा नटिकेको अवस्थामा चलचित्र ‘जात्रै जात्रा’ भने बम्पर ब्यापार गर्दै दोस्रो हप्ता पुरा गरेर अब तेस्रो हप्तामा प्रवेश गरेको छ । प्राय नेपाली चलचित्र दर्शकका अभावका कारण एक हप्तामा पनि हलमा कठिनका साथ टिकिरहेका हुन्छन् ।

पहिलो हप्ता चलचित्रले सिंगल पर्दामा ३ दर्जन बढी शो पाएको थियो भने दोस्रो हप्ता लगभग एक दर्जनको आसपासमा बढेको थियो । पहिलो हप्तामै ‘जात्रै जात्रा’ले घरेलु बजारमा ४ करोडको ब्यापार गर्न सफल भएको थियो भने दोस्रो हप्तामा पनि राम्रो ब्यापार गर्न सफल भएको थियो ।

प्राय पहिलो हप्ता बक्सअ‍फिसमा राम्रो ब्यापार गरेको चलचित्र दोस्रो तेस्रो हप्तामा भने ओरालो लाग्दै गएको जानकारी पाइन्छ । तर यस चलचित्र ठ्याक्कै उल्टो मोड लिएको छ । ‘जात्रै जात्रा’ले गएको दुई हप्ताको तुलनामा थप बक्सअ‍ेफिस उकास्ने अनुमान गर्न सकिन्छ । सोही मितिबाट प्रर्दशनमा आएको अर्को चलचित्र ‘बीर विक्रम २’यो हप्ता सिंगल पर्दाबाट उत्रिएको खबर प्राप्त भएको छ । राजधानीका मल्टीप्लेक्सहरुमा यस चलचित्रलाई हटाएर ‘जात्रै जात्रा’को शो थपेको जानकारी प्राप्त भएको छ । यो चलचित्रबाट प्रदीपले सफल निर्देशकको रुपमा ह्याट्रिक पनि गरेका छन् ।  ‘जात्रै जात्रा’ को पहिलो भाग ‘जात्रा’ बाट निर्देशक भट्टराईले फिल्म निर्देशनमा डेब्यू गरेका थिए । यसपछि उनले ‘शत्रु गते’ पनि निर्देशन गरेका थिए । समीक्षकले निकै रुचाएका ‘जात्रै जात्रा’मा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, वर्षा राउत, रविन्द्र सिंह बानियाँलगायतका कलाकारहरुको अभिनय रहेको छ ।