मोदीको सपथमा सेलिब्रेटी

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३० मा दोस्रो कार्यकालको सपथ लिए । उनको सपथ ग्रहण समारोहमा विश्वभरका नेता देखी फिल्मी कलाकारहरुको उपस्थिती रहेको थियो । करिब ६ हजार मानिसको उपस्थिति रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी ओलीपनि  दिल्ली पुगेका थिए । शपथमा सहभागी हुन् शाहिद कपुर, कंगना रनौत, विवेक ओवरोय, करण जोहर, शाहरुख खान लगायतका बलिउड कलाकारहरू दिल्ली पुगेका थिए । भारतीय राजनीतिमा बलिउड कलाकारहरूले पनि रुचि बढाएका छन् । यस पटक भएको लोकसभा निर्वाचनमा भारतीय कलाकारहरूको पनि इन्ट्री भएको छ । यसै क्रममा हेमा मालिनी, सनी देवल, स्मृति इरानी, रवि किशन, शत्रुघन सिन्हा लगायतका बलिउड हस्तीले चुनाव जितेर संसद् यात्रा तय गरेका छन् । बलिउड ड्रिम गर्ल हेमा मालिनी पनि शपथ ग्रहण कार्यक्रममा सहभागी थिइन ् । हेमा मालिनीले उत्तर प्रदेश माथुरा क्षेत्रबाट चुनाव जितेकी छन्।

त्यस्तै विवेक ओवरोय पनि शपथमा सरिक भइन्। उनले नरेन्द्र मोदीको बायोपिक चलचित्र ‘पीएम नरेन्द्र मोदी’ मा अभिनय गरेका छन्। जसमा उनी प्रधानमन्त्रीका लुक्समा देखिएका छन् । त्यस्तै अभिनेता बोमन ईर।नि, अनिल कपुर र अनुपम खेर पनि शपथ समारोहमा सहभागी थिए। पहिलो पटक सन् २०१४ मा मोदीले प्रधानमन्त्रीको रूपमा शपथ लिँदा सलमान खान, किरन खेर, हेमा मालिनी लगायतका बलिउड सेलिब्रिटीहरु सहभागी थिए ।