सलमानको ‘भारत’ सय करोड क्लबमा प्रवेश

मुम्बई , एजेन्सी ।

निकै रुचाइएको जोडी अभिनेता सलमान खान र खभिनेत्री कटरीना कैफ अभिनित चलचित्र ‘भारत’ सय करोड क्लबमा प्रवेश गरिसकेको छ । ब्यापक रुचाइएको यस चलचित्रले आज प्रर्दशनको चारदिनमा सय करोड क्लब प्रवेश गरेको हो । हरेक फिल्महलमा हाउसफुल रहँदै आएको यस चलचित्रले पहिलो दिन ४२ करोड ५० लाखको हाराहारीमा कमाई गरेको थियो । त्यसैगरी दोस्रो दिन ३१ करोड र तेस्रो दिन २२ करोड २० लाख व्यापार गरेको छ भने चौथो दिन २६ करोड ७० लाख कमाई  गर्दै चलचित्रले सय करोड क्लबमा धमाकेदार इन्ट्री मारेको छ ।

यसो त सलमानको हरेक चलचित्र हिट हुने गर्छन् । त्यसमध्ये ‘भारत’ अझ उत्कृष साबित भएको छ । यसअघि उनी अभिनित चलचित्र 'प्रेम रतन धन पायो'ले पहिलो दिन ४० करोड ३६ लाखको हराहारी कमाई गरेर रेर्कड बनाएको थियो । हाल भने उक्त रेर्कड ‘भारत’ले ब्रेक गरेको । हालसम्म उनी अभिनित १४ वटा चलचित्रले सय करोड कमाएका छन् । यसमध्य ‘भारत’ले अझ छिटो सय करोड ब्यापार गरेको साबित भएको छ । भारतिय मिडियाका अनुसार चलचित्रले हालसम्म कुल १ सय २२ करोड २० लाखको व्यापार गरेको जानकारी प्राप्त भएको छ । चलचित्रले १ सय ५० करोडभन्दा बढी व्यापार गर्ने स्रोतको अनुमान रहेको छ । अली अब्बास जफरको निर्देशनमा बनेको यो चलचित्र कोरियन फिल्म ‘ओड टू माई फादर’ को हिन्दी रिमेक हो । चलचित्रमा सलमान र कटरीनाको अलवा दिशा पाटनी, तब्बू, ज्याकी श्राफ, सुनील ग्रोवरको प्रमुख अभिनय रहेको छ ।