‘पायल’को छायांकन शुक्रबारदेखि सुरु हुँदै

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नयाँ चलचित्र ‘पायल’को शुभसाइत गरिएको छ। फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गर्न लागेको यो चलचित्रको शुक्रबारदेखि छायांकन सुरु हुँदैछ। उपत्यका लगायत पूर्वको केहि ठाउँमा छायांकन हुने भनिएको यो चलचित्रका लेखक तथा निर्देशक दिनेश लिङ्देन हुन् । दिनेशले समाजमा घटिरहेका विद्यमान आपराधिक घटनाहरूलाई समेटेर थ्रिलर फ्लेभरको चलचित्र बनाइने बताए । कविता राई लिङ्देनको लगानी रहने चलचित्रमा रिया श्रेष्ठ, ध्रुव न्यौपाने, राजकुमार लिङ्देन नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुब्बा, हस्त लिवाङ, दिलिप ठकुरी, आर पि दाहाल, अर्मान खान र एन्जिस प्रसाईंको मुख्य भूमिका रहनेछ ।

चलचित्रका लागि नवनायक नरेन्द्र सेन्दाङ अमेरिकाबाट  नेपाल आएका छन् । सेन्दाङ निजी व्यावसाय गर्दै विगत १५ वर्ष देखि अमेरिकामा बस्दै आएका छन् । उनकै पहलमा नेपालअघि चलचित्र हङकङ, अमेरिका, सिंगापुर, बेल्जियम प्रदर्शन गरिनेछ । सुमित लिङ्देन र सुदिता लिङ्देन प्रस्तुतकर्ता रहेको चलचित्रमा विकास चौधरीको संगीत, ज्ञानु राईको छायांकन, कुमार श्रेष्ठको द्वन्द्व, दिनेश माङ्मुको नृत्य रहनेछ ।