ट्रेलरमा ‘कीर्तिपुरःद लिजेन्ट अफ कीर्तिलक्ष्मी’ (भिडियो)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

चलचित्र ‘कीर्तिपुरःद लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को ट्रेलर सार्वजनिक गरिएको छ । तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको यस ऐतिहासिक नेपाली चलचित्र आउँदो असार १३ बाट देशभर एकैसाथ प्रदर्शनमा आउँदैछ । यो चलचित्र प्रदीप खड्गीले निर्देशन गरेका हुन् ।

फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको यो चलचित्र लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो । चलचित्रको मूख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित आदि कलाकारहरु प्रस्तुत भएका छन् ।

विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ चलचित्रका निर्माता हुन् । शंकर महर्जन र नविन जोशीले यो चलचित्रलाई छायांकन गरेका हुन् । चलचित्रमा अभिनेता एसराज गराचले पृथ्वीनारायण शाहको भूमिका निर्वाह गरेका छन् ।

राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको यो चलचित्रलाई अहिले आएर गृह मन्त्रालयले पनि प्रदर्शनको अनुमति दिएको निर्देश्ँक खड्गी बताउँछन् । सेन्सर बोर्डले यो चलचित्रलाई यूनिभर्सल प्रमाणपत्र दिएको छ ।

trailer: