‘प्रेम गीत ३’का मुख्य हिरो मनिष राउत

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

दर्जनौं लघु चलचित्रमा अभिनय गरेका मनिष राउत चलचित्र  ‘प्रेम गीत ३’मा मुख्य भूमिकालागि छानिएका छन् । आसुसेन फिल्मस् प्रोडक्सनले चलचित्रको मुख्य नायक सार्वजनिक गरेको हो । चलचित्रको  ‘गीत’ अर्थात् मुख्य नायिकाकोलागि भने अहिले अडिसन चलिरहेको छ । ‘गीत’ क्यारेक्टरका लागि भने  केही दिनमै एक युवतीको छनोट गर्ने निर्माता सेनको भनाइ छ ।

‘प्रेम गीत’ र  ‘प्रेम गीत २’ हिट भएको थियो । २ सय वर्ष पुरानो प्रेमकथामा बन्न लागेको  ‘प्रेम गीत ३’मा भने नायकको रुपमा नयाँ अनुहारलाई प्रवेश गराइएको हो । मनिषले यस चलचित्रमार्फत ठूलो पर्दामा डेब्यू गर्दैछन् । निर्माण टिमले पोष्टरसँगै अभिनेता सार्वजनिक गरेका हुन् । पोष्टरमा उनलाई बन्दुक र बन्चरो सहित देखिइएको छ ।

छेतन गुरुङ्ग र सन्तोष सेनको संयुक्त रुपमा निर्देशन रहने यस चलचित्रको कथा छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेका हुन्। चलचित्र निर्देशक सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दैछन् ।‘ चलचित्रमा प्रेमको भूमिका भने नायक प्रदीप खड्काले नै निभाउनेछन् । ‘अ फर्बिडन लभ स्टोरी’ भनिएको  ‘प्रेमगीत ३’ नयाँ वर्षको छेको पारेर चैत २८ गतेबाट प्रदर्शनमा आउने पक्का भइसकेको छ ।