भद्रगोल टिमको ‘फनफनी’मा अवरोध

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

लामो समयअघि हाँस्य टेलिसिरियल ‘भद्रगोल’ टिमले चलचित्र निर्माण गर्ने घोषणा गरेका थिए। ‘भद्रगोल’ टिमले ‘फनफनी’ नाम गरेको चलचित्र बनाउने रअभिनेता  विपिन कार्की र निर्देशक तथा अभिनेता निश्चिल बस्नेत पनि रहने भनिएको यस चलचित्र निर्माणमा बिभिन्न अवरोध आइरहेको छ । हाल निश्चिल बस्नेतले यस चलचित्रबाट हात झिकिसकेका छन्।

‘फनफनी’लाई सुरुमा निर्देशक निश्चल बस्नेतले निर्देशन गर्ने पक्का पक्की भएको थियो। तर उनले चलचित्रको स्क्रिप्ट चित्त बुझ्दो नभएको र आफूसँग पर्याप्त समय नभएको भन्दै अन्तिममा आएर चलचित्र छाडेका छन्। अहिले निश्चिल‘घामट शेर’को छायांकनमा व्यस्त छन्।

यस बिषयमा चलचित्रका लेखक दिपक आचार्यले भनेका छन् 'चलचित्रका लागि निश्चलजीलाई हामीले करिब १ बर्ष कुर्यौ ,उहाँले भाका सारी रहँनुभयो चलचित्र कहिले साउनदेखि सुरु गर्ने त कहिले भदौदेखि सुरु गर्ने भनेर उहाँले अहिले आएर चलचित्र गार्दिन भन्नुभयो।पहिलै गर्दिन भन्नुभएको भए हामी आफ्नो सुर गर्दथ्यौँ ।'

चलचित्रबाट निश्चल पन्छिएपनि विपिन कार्कीले भने चलचित्रको स्क्रिप्ट मन परेको बताएका छन्। उनी चलचित्रमा काम गर्न इचछक रहेको बताएका छन्।  उनले चलचित्रकालागि महंगो रकम लिएका थिए। हाल भने ‘फनफनी’ निर्देशन गर्न पछिल्लो समय हिट चलचित्र ‘जात्रै जात्रा’का निर्देशक प्रदिप भट्टराईलाई प्रस्ताव राखिएको छ। प्रदिपसँग केही कुराहरु मिलेको खण्डमा उनले यो चलचित्र निर्देशन गर्ने बताइएको छ। तर भट्टराईले औपचारिकरुपमा सम्झौता गरेका छैनन् । हालसम्म निर्देशक सम्म नपाएको  ‘फनफनी’ले नयाँ वर्षको अवसर पारेर चलचित्र प्रर्दशन गर्ने समाचार बाहिरिएको छ।