नेपालसँगै भारतका २५ हलमा दयाको ‘आप्पा’

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

यहि असारको १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘आप्पा’ टिम यतिखेर मोफसल (राजधानी बाहिर)को दौडाहामा छ । निर्माण टिमले शुक्रबारबाटै मोफसलका पोखरा र नारायणघाटमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर चलचित्र बारे जानकारी गरायो । नारायणघाटमा पत्रकारसँग कुरा गर्दै निर्देशक अनमोल गुरुङले आप्पा नेपालसँगै भारतका मुख्ख सहरमा सेम डेटमा रिलिज हुने बताएका छन् । ‘आप्पा’ नेपाल सँगै भारतको २५ वटा हलहरुबाट एक साथ प्रदर्शन हुने निर्देशक गुरुङको भनाई छ । उनले लामो समय पछी नेपाली सिनेमा नेपालमा रिलिज भएकै दिन भारतमा पनि रिलिज हुन लागेको सुनाए ।

‘नेपाली सिनेमाको बिदेशमा च्यारिटी शोजहरु त हुने गर्दछ तर एक साथ सिनेमा हलमा रिलिज भन्ने थोरै सिनेमा मात्रै हुने गर्छन् । त्यही विदेशमा समेत रेगुलर हलमा रिलिज हुने लक्की सिनेमा अन्तर्गत आप्पा पनि गरेको उनको भनाई छ ।’‘आप्पा’ भारतको नयाँ दिल्ली, कोलकता, मुम्बई, सिक्किम, आसाम, दार्जिलिङ, सिलोङ जस्ता मुख्य सहरहरुमा प्रदर्शनमा आउने लागेको निर्देशक अनमोलले बताए । पत्रकार भेटघाट कार्यक्रममा ‘आप्पा’ राम्रो सिनेमा बनेकोले एक पटक हल सम्म पुगेर सिनेमा हेरेर लाग्यो प्रतिकृया दिन दर्शकलाई आग्रह गरेका छन् । यस्तै, सिनेमाका मुख्य कलाकार दयाहाङ राईले ‘आप्पा’ दार्जिलिङ देखी सन्दकपुर सम्मको यात्राको कथा रहेको बताएका छन् । उनले सिनेमा आफ्नो भूमिका बिर्खे नाम गरेको एक ड्राईभरको रहेको र त्यही ड्राईभरको वरीपरी नै कथा घुमेको खुलाए ।

एउटा ड्राईभरले गाडी चलाउँदा केके भोग्न पर्छ भन्ने कथा सिनेमाले उठान गरेको दयाहाङले बताए । बाबु छोराको सम्बन्धको कथा बोल्ने सिनेमाका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । 'अ माउन्टेन स्टोरीज प्रोडक्सन' र 'सिनेमा आर्ट'को संयुक्त ब्यानरमा निर्माण भएको सिनेमा ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । सिनेमा आगामी असार १३ गतेबाट नेपाल तथा भारतमा एकसाथ रिलिज हुँदैछ । चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।