विराज र निकिताको ‘साङ्लो’को छायांकन सकियो

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

निर्देशक तथा अभिनेता विराज भट्ट तथा पुर्व मिस नेपाल निकिता चाण्डक अभिनित चलचित्र ‘साङ्लो’ को सम्पूर्ण छायांकन सकिएको छ । डोटीबाट सुरु भएको चलचित्रको छायांकन काठमाडौंको केही दृश्य खिच्दै ५० दिनमा सम्पन्न भएको हो । चलचित्र किड्नी तस्करीको सेरोफेरोमा घुमेको बताइएको छ । विराज स्वयंको प्रमुख भूमिका रहेको यस चलचित्रमा उनले निकिता चाण्डकसँग जोडी बाँधेका छन् । चलचित्रमा विराज र निकिता प्रेमि प्रेमिका हुँने र उनीहरुको प्रेम बिवाहमा परिणत हुने निर्माण टिमले बताएका छन् । ‘साङ्लो’ भदौमा प्रर्दशन गर्ने विराजको सोच रहेको छ।

जेठ २७ गते बसेको जोरायल गाउँपालिकाको बैठकले उक्त चलचित्रलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । चलचित्रले डोटीको पर्यटन प्रवद्र्धधनमा सहयोग गर्ने भएकाले ‘पर्यटन प्रवद्र्धन’को शीर्षकमा उक्त रकम चलचित्रलाई दिइएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताएका थिए । तर गाउँपालिकाको यो निर्णयको भने विरोध भइरहेको छ ।अध्यक्षले आफूलाई विरोधको बारेमा केही थाहा नभएको बताएका छन् । उनले यो निर्णय आफ्नो एक्लो नभएर सहमतिमै भएको बताएका छन् । चलचित्र अझै विवादमुक्त भएको छैन। यसअघि पनि विराजले प्राविधिक माथिहात हालेपछि यो चलचित्र विवादमा तानिएको थियो ।

‘साङ्लो’ मा प्रकाश शाह नेगेटिभ रोलमा छन्। चलचित्रमा अन्य कलाकारहरु जयनन्द लामा, कामेश्वर चौरासिया, आर.पि पन्तलगायतको पनि अभिनय रहेको छ। चलचित्र छायांकन मानकृष्ण महर्जनले गरेका हुन्। चलचित्रकी मुख्य नायिका निकिताले चलचित्रलाई लिएर आफू निकै उत्साहित रहेको बताएकी छन्। उनले अभिनय गरेको पहिलो चलचित्र रानी महल छायांकनको बचमै थन्किएको थियो।