दीलिपकी छोरी शिवहरीको ‘लक्का जवान’मा हिरोइन बन्लिन् ?

आर्टिष्ट खबर/ असार,काठमाडौं।

हास्य कलाकार शिवहरी पौडेल अभिनयका साथसाथै चलचित्र निर्माण र निर्देशनमा समेत हात हाल्दै छन् । आइतबार राजधानीमा हास्य कलाकार किरण केसीको जन्मदिनको अवसरमा यस चलचित्रको घोषणा गरिएको थियो ।  पौडेल को निर्देशनमा बन्न लागेको यस चलचित्रका सह(निर्माताको रूपमा किरण र अभिनेता दिलीप रायमाझी रहनेछन् । आमा बङ्गालमुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने ‘लक्का जवान’मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ।

कलाकार र अन्य प्राविधिक पक्षबारे पछि जानकारी दिने निर्माण पक्षले बताएको छ । तर चलचित्र निर्माण घोषणासँगै चलचित्रमा अभिनेता दिलीप रायमाझीकी छोरी दिव्यालाई डेब्यू गराउने हल्ला चलचित्र वृत्तमा चल्न थालेको छ । अमेरिकामा रहेकी दिलीपकी छोरी अभिनयमा इच्छुक रहेको तर अहिल्यै अभिनय गर्ने नगर्ने उनले आधिकारिक जानकारी दिन बाँकी रहेको खुलेको छ । यस सम्बन्धी जानकारी दिँदै निर्देशक पौडेल दिव्यालाई चलचित्रबाट डेब्यू गराउने पहल गरेको र केही दिनमा टुङ्गो लाग्ने बताउँछन् ।