मुम्बई , एजेन्सी ।

हाल बलिउड चलचित्र ‘दबंग थ्री’ को सुटिङमा व्यस्त रहेका सुपरस्टार सलमान खान आफ्ना फिटनेससँगै आफ्नो अभिनयका कारण चर्चामा आइरहने गर्छन्। जीवनकालको आधाभन्दा बढी उमेर अर्थात ५३ बर्ष पार गरेका खानले हालैमात्र एक शानदार बडी सहितको आफ्नो फोटो सोसल मिडिया ट्वीटरमा पोष्ट गरेका छन् ।

फोटो हेर्दा उनले ‘दबंग थ्री’ को सेटमा वर्कआउटका बेला फोटोको खिचेको अनुमान गर्न सकिन्छ। निकै मेहनत गर्न मन पराउने सलमान फोटोमा शर्टलेस देखिएका छन्। उनले फोटो पोष्ट गर्दै क्याप्सन लेखेका छन् 'दुश्मनलाई जलाउनु छ भने मेहनत गरेर आफ्नो स्तर वृद्धि गरेर कामले जलाउ। कडा मेहनत भन्दा उत्कृष्ट अरु कुनै कुरा छैन ।

उनको अभिनय रहेको ‘दबंग थ्री’मा उनीसँग सोनाक्षी सिन्हा र अरबाज खानले स्क्रिन सेयर गर्नेछन्। चलचित्र डिसेम्बर २० मा प्रर्दशनमा आउने छ।

१७ असार २०७६, मंगलवार ०६:२१