फेम नेपालको आयोजनामा सुगमको ‘1 एमबी फेरी त्यो दिन नेपाल टुर’ हुँदै

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

फेम नेपालको आयोजनामा चर्चित गायक सुगम पोखरेलको '1 एमबी फेरी त्यो दिन' नेपाल टुर हुने भएको छ । देशका विभिन्न जिल्लामा आयोजना हुन लागेको यो कन्सर्ट सुगमको पहिलो इन्डोर कन्सर्ट हुनेछ । जुलाई १२ तारिक पोखराको किङ्स लाउन्जबाट सुरु हुने कन्सर्ट जुलाई १३ तारिक बुटवलको द कन्सेप्ट, जुलाई १५ तारिक नारायणगडको ग्यालेक्सी एम्पायर, जुलाई १७ तारिक इटहरीको इम्पेरियल, जुलाई १९ तारिक धरानको भिन्टेज हुँदै जुलाई २६ तारिक काठमाडौँको प्ले बोई क्लबमा हुनेछ । काठमाडौँ बाहिर साँझ ६ बजे देखि ११ बजे सम्म आयोजना हुने कन्सर्ट काठमाडौँमा भने राति ९ बजे देखि बिहान ४ बजे सम्म आयोजना हुनेछ । कन्सर्टमा गायक पोखरेलले आफ्ना दर्जन बढी नयाँ तथा पुराना गीतहरु प्रस्तुत गर्ने छन् ।

यसअघी काठमाडौँ टुँडिखेलमा सुगमसंगै लाउरे, स्वप्न सुमन लगायतको कन्सर्ट गरेको फेम नेपालले मोफलका दर्शक श्रोताको मागलाई ध्यानमा राख्दै सुगम पोखरेलको अल नेपाल कन्सर्ट गर्न लागेको बताएको छ । फेम नेपालका प्रबन्ध निर्देशक बिमल पछाईले 'नेपाली संगीतको उत्सव' भन्ने नाराका साथ आगामी दिनमा अन्य गायक गायिकालाई समेटेर अन्य साङ्गितिक टुरहरुको आयोजना गरिने बताए । नेपाली संगीत र कला क्षेत्रलाई स्टेजमा उतार्ने कार्यमा अग्रसर फेम नेपालले 'सेलिब्रेटिङ नेपाली म्युजिक' नारालाई आत्मसाथ गरेको छ ।