‘हजार जुनी’सम्मको गीतमा आर्यनसँग दीपाश्रीको नृत्य

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हजार जुनीसम्म’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘आज नगद भोलि उधारो’ बोलको गीतमा चलचित्रका नायक आर्यन सिग्देलसँग कलाकार दीपाश्री निरौलाले नृत्य गरेकी छिन् ।

आर्यन र दीपाको नृत्य रहेको गीतमा शिवहरी पौडेल पनि छन् । तिन फिल्म ब्याक टू ब्याक ब्लकबस्टर दिएकी निर्देशक दिपाश्रीलाई दर्शकले आइटम नृत्य गर्दै गरेको देखिएकी हुन् ।

गीतमा दीपाले ‘भट्टीको साहुनी’को रुपमा प्रस्तुत भएकी छिन् । यो गीतमा उनको नाम ‘शर्मिला’ राखिएको छ । गीतमा नायिका स्वस्तिमा खड्का, नव–नायक अखिलेस प्रधान, कलाकार राम चन्द्र अधिकारी, उत्तम केसी लगायतलाई पनि देख्न सकिनेछ । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । ‘आज नगद भोली उधारो’ बोलको गीतमा एक नारायण भण्डारीको शब्द, बसन्त सापकोटाको संगीत तथा प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर छ ।

नाई नभन्नु ल सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । चलचित्रमा संचिता लुइँटेल , अनुभव रेग्मी लगायतको पनि अभिनय रहेको छ । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।

video: