शिल्पाले छविसँग डिर्भोस मागेपछि छविले लेखे आधारातमा यस्तो खुल्लापत्र, फेस टु फेस गफ गर्न छविको आग्रह

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

हप्ताअघि देखि चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको सम्बन्धमा आएको दरारलाई लिएर सिनेवृतमा निकै चर्चा परिचर्चा भइरहेको छ। सामाजिक सञ्जालमा पनि छवि र शिल्पाको सम्बन्धबारे निकै चर्चा भइरहेको छ । केही दिन अघि शिल्पाले श्रीमान छवि बिरुद्द घरेलु हिंसाको उजुरी दिएकी थिइन्। बिवाह गरेको एक माहिनासम्म सम्बन्घ सुमधुर रहेको र त्यसपछि देखि तीन बर्ष सम्म आफू घरेलु हिंसाबाट पिडित हुदै आएको शिल्पाले बिभिन्न मिडियालाई दिएको अन्तरवार्ताबाट जानकारी दिएकी छिन् । उनले बताए अनुसार छविले शिल्पालाई बर्षैदेखि कुटपिट गर्दै आइरहेका छन्। आफ्नो सँगै बाबु आमाको इज्जतको ख्याल राख्दै उनले आफूलाई जति पिडा परेपनि घरको झगडा घरमै दबाउदै आएको बताएकी छन्। पछिल्लो समय परेको झगडामा भने छविले घाँटी न्याकेर छोड्दै नछोडेपछि उनी जसोतसो छविको हातबाट फुत्किएर प्रहरी चौकी पुगेको उनले बताइन् । श्रीमानबाट आफूले असुरक्षित महसुुस गरको भन्दै गएको हप्ता छवि विरुद्ध काठमाण्डौ परिसर टेकुमा उजुरी दिएकी थिइन्। सो घटना घटेपछि शिल्पा आफन्तको घरमा बस्दै आएकी छिन् ।

शिल्पाले निर्माता छविराज ओझासँग डिर्भोसको माग गरिसकेकी छिन्। सोमबार मात्रै श्रीमानसँग शिल्पाले सम्बन्ध विच्छेद माग गरेका खबर सार्वजनिक भएको हो । यसअघि भने डिर्भोस हुने सम्भावना मात्रै थियो। तर शिल्पाले डिर्भोस गर्ने कदम चालीसकेकी छिन्। 'अब फेरी मलाई पिडा खप्नु छैन, म त्यहाँ गए भने फेरी मलाई छविजीले घाँटी न्याकेर मार्नुहुन्छ' भन्दै उनले अब त्यो घरमा फर्केर नजाने निर्णय गरेकी छिन् । शिल्पाले डिर्भोस फाइल गरेको खबर सार्वजनिक भएसँगै निर्माता ओझाले सोमबार राती नै शिल्पालाई टेबुलमा बसेर फेस टु फेस छलफल गर्न आग्रह गर्दै खुला पत्र लेखेका छन् । यस्तो रहेको छ खुल्ला पत्र:

शिल्पा जि,

मैंले ५२ बर्षको उमेरमा ३ जना श्रीमतीसँग सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सँग चाहिँ जिन्दगी बिताउन सक्छु होला भनेर जिन्दगीका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो । तपाईं छातिमा हात राखेर आज एकिछिनलाई आफैलाई नढाटी सम्झनुस्, तपाइले लगाएका कति आरोपहरु सत्य छन रु यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आश्वाासन दिलाए जस्तै मेरो बुढेसकालको साहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमी कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस्, आउनुस् हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाई साँच्चै म सँग बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस् । मेरो ईतिहास पल्टाएर हेर्नुस्, आजसम्म मैंले कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन । तपाईंलाइ पनि पार्दिंन । मैंले बिगत ३ दिनदेखि तपाईलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाईंलाई अब मेरो वकिलले भेट्छ भन्नु भयो । म फेरि पनि भन्दैछु, संसारको कुनै पनि अदालतमा जानु पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस् । तपाईले न्याय पाउनु हुन्छ ।

शुभरात्री ।

निर्माता छविराज ओझाले तीन बर्ष अघि अभिनेत्री पोखरेलसँग बिवाह गरेका थिए। तेस्रो श्रीमती अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि चौथो श्रीमतीको रुपमा छविले शिल्पालाई बिवाह गरेका हुन्। पछिल्लो समय शिल्पाले छविको ब्यानरमा निर्माण भएको चलचित्र ‘मंगलम’ र ‘हबल्दार सुन्तली’मा अभिनय गरेकी थिइन। शिल्पा अहिले दाई पर्ने विकाश रौनियारको घरमा बस्दै आएकी छिन्। चलचित्रमा काम गर्नुअघि शिल्पा म्यूजिक भिडियोमा काम गर्थिन् । निर्माता छविराजले नै शिल्पालाई आफू निर्मित चलचित्र ‘लज्जा’बाट चलचित्र क्षेत्रमा भित्राएका हुन्।