‘इन्टरनेशनल इन्ष्टिच्युट अफ फेसन टेक्लोजी’ सञ्चालनमा

आर्टिष्ट खबर/साउन,काठमाडौं ।

इन्टरनेशनल इन्ष्टिच्युट अफ फेसन टेक्लोजी (आईआईएफी)को शाखा ललितपुरस्थित मानभवनमा सञ्चालनमा आएको हो । बागबजारमा मुख्य कार्यालय रहेको आईआईएफटी फेसन अफ कलेजको उक्त शाखाको शनिबार एक समारोहबीच चलचित्र 'सानो मन'का अभिनेता आयुषमान देशराज जोशी, अभिनेत्री शिल्पा मास्के, निर्देशक आयुुश गुरुङ, ललितपुर चेम्बर्स अफ कर्मसका अध्यक्ष कृष्णलाल महर्जन र आईआईएफटी अध्यक्ष सर्मिष्ठा श्रेष्ठले सँयुक्त उद्घाटन गरे। आयुष र शिल्पा अभिनीत फिल्म ‘सानो मन’ शुक्रबारबाट नेपालका विभिन्न हलमा रिलिज भएको छ। उद्घाटन समारोहमा अभिनेत्री शिल्पाले भनिन्,‘यस्ता आर्ट तथा फेसन कलेजहरुको कमि भइरहेका बेला आईआईएफटीको उद्घाटन गर्ने अवसर पाउँदा खुसी लाग्यो।’  उनले आफू सानोमा फेसन कन्सस नभएपनि ग्ल्यामरस क्षेत्रमा आएपछि फेसनप्रति रुचि राख्न थालेको बताइन् ।

यस्तै अभिनेता आयुषले आफू पनि फेसनप्रति चासो भएको र विभिन्न फेशन शोको मोडलिङ गरेको बताए । उनले  आईआईएफी जस्तो इन्ष्टिच्युटको उद्घाटन गर्ने अवसर पाउँदा खुसी लागेको सुनाए । उनीहरुले आफूहरु अभिनीत फिल्म ‘सोनो मन’ हेर्न दर्शकलाई आग्रह गर्न समेत भ्याए ।उद्घाटन समारोहका ललितपुर चेम्बर्स अफ कर्मसका अध्यक्ष कृष्णलाल महर्जन, आईआईएफटी अध्यक्ष सर्मिष्ठा श्रेष्ठलगायतको उपस्थिति थियो । आईआईएफटीको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।कार्यक्रममा आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले बागबजारको सफलतापछि शाखा सञ्चालनमा ल्याएको बताए । उनका अनुसार हाल दुई ब्याचमा ३० जना विद्यार्थी अध्ययनरत रहेका छन् । तीन वर्ष अघि बागबजार प्लाजामा सञ्चालनमा आएको आईआईएफटी स्कुल अफ फेशनले अहिलेसम्म डेढ सय बढी फेसन डिजाइनर उत्पादन गरिसकेको छ।