सलमानले ज्याकलीन रोजेपछि ‘किक २’ बाट बाहिरिन् मानुषी

मुम्बई,एजेन्सी ।

बलिउड सुपरस्टार सलमान खानको अभिनय रहने चलचित्र 'किक २' बाट सन् २०१७ की मिस वर्ल्ड मानुषी छिल्लरले चलचित्रमा डेब्यू गर्ने खबर सार्वजनिक भएको थियो । भारतीय मिडियाका अनुसार हाल भने छिल्लरको हातबाट 'किक २' फुत्किसकेको छ। केही समयअघि चलचित्रका निर्देशक साजिद नाडियाडवालाले मानुषीलाई 'किक २'का लागि अफर गरेका थिए । मानुषीले पनि चलचित्रमा अभिनय गर्ने हिसाबले हातअघि बढाएकी थिइन् । तर अहिले भने चलचित्रका लागि अभिनेत्री ज्याकलीन फर्नान्डिस पक्का भएकी छिन् । सन् २०१४ मा प्रर्दशनमा आएको यस चलचित्रको पहिलो पार्ट 'किक'मा पनि उनले सलमानसँग लिड रोलमा रहि रोमान्स गरेकी थिइन् ।

श्रोतका अनुसार सलमानलेनै ज्याकलीनलाई चलचित्रका लागि छानेका हुन् । ज्याकलीनले 'किक'मा आफूले काम गरेको र जसरी भएपनि यसको सिक्वेलमा पनि आफैँ काम गर्ने बताउँदै सलमानद्दारा निर्देशक नाडियाडवालासँग सिफारिस दिन लगाएकी हुन्। सलमानलेनै  निर्देशकलाई ज्याकलीनलाई चलचित्रमा राख्न मनाएका हुन् । यसो त नाडियाडवालाले फेरी सिक्वेलमा ज्याकलीनलाई राख्न चाहेका थिएनन्। सलमानले ज्याकलीन रोजेपछि निर्देशक बाँध्य भएको श्रोतको भनाइ छ । 'किक २' पनि 'किक'कै जोडी दोहोरिने हुदाँ दर्शकले चलचित्रमा खासै फरक महसुस नगर्ने निर्देशकको भनाई छ। नाम एउटै अनि कलाकार पनि एउटै भएपछि निर्देशक अलि खुनासिएका छन्।