सिके राउतको जीवनीमा चलचित्र बन्ने

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

मधेशका चर्चित नेता डा. सिके राउतको जीवनीमा आधारीत चलचित्र निर्माण हुने भएको छ । ‘डा. सिके राउत’ नाम राखेर ५० प्रतिशत राउतको जीवनमा आधारीत र ५० प्रतिशत फिल्मी कथा जोडेर चलचित्र निर्माण हुने बुधबार राजधानीको ‘क्युज सिनेमा’मा आयोजीत कार्यक्रममा जानकारी दिइयो । चलचित्र आउँदो छठ पर्वमा प्रदर्शन हुने समेत जानकारी गराइयो ।

चलचित्र घोषणा कार्यक्रममा निर्माण कम्पनी माँ राधिका इन्टरनेशनल मुभिज ले केक काटेको थियो । डा. सिके राउतको उपस्थिती रहेको कार्यक्रममा चलचित्रको निर्माण टिम र कलाकारलाई चिनाइयो । डा. राउतले आफूलाई डेढ महिना अघि चलचित्र निर्माण टिमले भेट्न खोजेको र चलचित्र निर्माणप्रति जोश र जागर देख्दा उक्त टिमप्रति आफू सकारात्मक भएको बताए । ‘मलाई भेट्न आउँदा खासै बिश्वास लागेको थिएन । पछि उहाँहरुले पटक पटक भेट्न खोज्दा समय दिएँ र पछि राम्रो मान्छे भेटेँ भन्ने लाग्यो ।’ राउतले कार्यक्रममा भने ।

चलचित्रमा डा. राउतको भूमिकामा परदेशी शाह रहनेछन् । यस्तै उनीसँगै पुकार भट्टराई, ध्रुब कोइराला, बिशाल पहाडी, किरण थापा लगायतको अभिनय रहने कार्यक्रममा जानकारी गराइयो । सन्तोष शाहले निर्देशन गर्ने यो चलचित्रमा बाबुले लगानी गर्दैछन् । चलचित्र पवन गौतमले खिच्दैछन् ।