मंसिर १६, काठमाडौं । बिगत एक दशक देखि निर्देशनको रुपमा काम गर्दै आएका निर्देशक मिलन कार्की एक नयाँ फिल्म बनाउने तयारीमा छन् । म्युजीक भिडियो तथा फिल्म बनाउँदै आएका मिलनले आफु दोस्रो फिल्मको तयारीमा जुटेको बताए । प्रदर्शन हुन बाँकी उनको पहिलो फिल्म ‘अर्थ यो प्रेमको’ काम सकिएको र त्यस लगत्तै अर्को फिल्मको तयारी गरेको र फिल्म लेखक कार्य अन्तिम चरणमा पुगेको उनी बताउँछन् । अब आउने नयाँ फिल्मपनि पहिलो फिल्मका लेखक अर्जुन थापाले नै लेख्दै गर्नुभएको बताए ।
पछिल्लो समय नेपालमा नेपाली फिल्मको क्षेत्र फस्टाउँदै गएको र युवापुस्तालाई लक्षित गरी बनाईएका फिल्मले राम्रो स्थान पाएको भन्दै युवापुस्तालाई नै लक्षित गरी नयाँ फिल्म बनाउन लागेको निर्देशक मिलनको भनाई छ । आफ्नो फिल्मको नाम अहिलेनै भन्न नचाँहेका उनले कलाकारहरु भने पछिल्लो समय दर्शकले रुचाईएका कलाकारहरुलाई नै लिने बताए । “कथालेखक कार्य भईरहेको छ, लेखक कार्य सकिए लगत्तै हामी फिल्मको कामलाई अगाडि बढाउने छौं”, निर्देशक मिलनले भने । नेपाली फिल्मी क्षेत्रमा पछिल्लो समय बिदेशी फिल्मलाई पछि पार्ने नेपाली फिल्मको आवश्यक भएकोले पनि त्यसतर्फ केन्द्रित भएर फिल्म निर्माण गर्न लागको उनको भनाई थियो । समाचार रोजगार बाणी साप्ताहिकमा पनि प्रकाशित छ ।
करिब डेढसय म्युजीक भिडियो निर्देशन गरीसकेका मिलनले बिगत एकदशक देखि परेली फिल्मस् प्रा.ली. चलाउँदै आएका छन् । गत बर्ष निर्माण गरीएको उनको पहिलो फिल्म ‘अर्थ यो प्रेमको’ पनि प्रदर्शनको तयारीमा छ, जसमा कथा लेखक अर्जुन थापाले गरेका छन् भने मिलन कार्कीको निर्देशन रहेको छ ।