‘भूत पनि हुन्छ र?’ भन्ने बेनिशा भूत देखेपछि डराइन् (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

अभिनेत्री बेनिशा हमाल शनिबार दिउँसो दुई बजे काठमाडौंस्थित कालिमाटीमा रहेको चेली मेकअप स्टुडियोको बार्षिक उत्सवमा पुगेकी थिइन्। निमन्त्रणालाई स्विकार्दै केक काट्न पुगेकी बेनिशा अभिनित चलचित्र ‘घर’ अहिले नेपाली फिल्महलहरुमा लागिरहेको छ। उक्त कार्यक्रममा पनि आफ्नो चलचित्रको प्रमोशन गर्न भ्याएकी थिइन् । केहिबेर बोल्नेक्रममा एक नृत्यको पालो आएको थियो । जुन बेला उनले सोचेकी थिइनन् कि कार्यक्रममा भूत आउला । सेतो पहिरन लगाएको भूत अगाडी देख्दा भूतसँग नडराउँदिन भन्ने बेनिशाको होस् नै उड्यो। नायिका बेनिशाको अगाडी एक्कासी भूत आएपछि केहिबेर आँखा चिम्लेर घोप्टी परेरै बसिन् । ‘मैले सोचेकी थिइन् यसरी भूत नाँच्न आउँछ भनेर ।’ बेनिशाले कार्यक्रम पश्चात भनिन् । कार्यक्रममा बेनिशाको चलचित्र ‘घर’को प्रमोशनमा थप मद्दत पुगोस् भन्ने हेतुले आयोजकले सरिता भारतीलाई भूतको मेकअप गराएको थियो । हरर जनरामा निर्माण भएको यो चलचित्र हेरेर धेरै दर्शक तर्सिएका पनि छन् ।

‘म भूत पनि हुन्छ र भन्ने मान्छे हुँ, खासै डर त लाग्दैनथ्यो तर एक्कासी अगाडी आएपछि केहि होस् हुँदो रहेनछ ।’ बेनिशाले आर्टिस खबर सँग कुरा गर्दै भनिन् । ‘सोँच्दै नसोचेको कुरा भएर होला, सात्तो नै गयो नि ।’ बेनिशालाई तर्साउनकै लागी चेली मेकअप स्टुडियोकी सञ्चालिका बिना राना मगरले योजना बनाइएको बताइन् । उनी भन्छिन् ‘मेकअप स्टुडियो हो केहि फरक गरौँ भन्ने लाग्यो । फेरी बेनिशा जीको भूतसँग सम्बन्धित चलचित्र पनि रिलिज भएको छ । थप प्रमोशनमा पनि मद्दत पुग्छ त्यसैले यो योजना बनाइएको हो ।’ गएको बर्षबाट सञ्चालनमा आएको उक्त स्टुडियोमा ट्रेनिङ लिएका बिद्यार्थीहरुलाई बेनिशाको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो । रंग पत्रकार डब्बु क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा नायिका बेनिशा र बिनाले संयुक्त रुपमा केक काटेका थिए । चलचित्र बारे बोल्दै बेनिशाले दर्शकबाट राम्रो प्रतिक्रिया आएको बताइन् । उनले चलचित्रले दर्शकलाई तर्साउन सफल भएको बताइन्। ‘घर भन्ने बित्तिकै हामीले आफू बस्ने ठाउँ भनेर बुझ्छौं । एउटा घर आफ्नो होस् भन्ने सबैको चाहाना हुन्छ। तर त्यसतो कुनै घर भित्र भूत पनि हुन्छ भन्ने चलचित्रमा देखाइएको छ ।’ बेनिशाले भनिन् । ‘आज रिलिज भएको दुई दिनमात्र भएको छ। अहिलेसम्म दर्शकहरुबाट निकै राम्रो प्रतिक्रिया आएको छ ।’ शुक्रबार बिहान सञ्चारकर्मिहरुलाई देखाइएको बिशेष शो बाट पनि चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो ।अर्पण थापा निर्देशीत ‘घर’मा बेनिशासँगै सुरक्षा पन्तको अभिनय रहेको छ । यो चलचित्रमा सर्मिला पाण्डेयले लगानी गरेकी छिन् ।

Video report: