आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र ‘आमा’को मुख्य कलाकारमा मिथिला शर्माको आगमन भएको छ । यसअघि ‘आमा’को मुख्य कलाकारका रुपमा रहेकी सुर्यमाला शर्माको ठाउँमा मिथिला आएकी हुन् । पारिवारिक कारणले सुर्यमालाले काम गर्न नसक्ने भएपछि उनको ठाउँमा मिथिला शर्मा आइपुगेकी हुन् ।

निर्देशक दीपेन्द्र केले आफू ‘आमा’का निर्माणमा कुनै पनि सम्झौता नगर्ने बताएका छन् । उनले चलचित्र पानी परेको बेला खिच्नुपर्ने भएकाले धैर्यता गर्न कलाकार तथा प्राविधिकहरुलाई आग्रह गरेका छन् । तीन वर्ष लागे पनि पानी परेकै बेला ‘आमा’को छायांकन गर्ने निर्देशक दीपेन्द्र बताउँछन् । राम्रो काम कसरी गर्नेभन्दा पनि छिटो कसरी गर्ने भन्नेमा केन्द्रित हुन अपेक्षित सफलता हाँसिल गर्न नसकिएको उनको भनाइ छ ।

मिथिलासँगै चलचित्र ‘आमा’मा सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा छन् । सोलस ड्रामा ‘आमा’ आफ्नो करिअरकै कोषे ढुङ्गा हुने निर्देशक खनाल बताउँछन् । चलचित्र ‘आमा’मा शर्मिला पाण्डेको लगानी रहने छ । ‘आमा’ फागुन ९ गते प्रदर्शनमा आउने छ ।