अरुणको ‘फटाह फणिन्द्रे’मा सुस्मा

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नयाँ चलचित्र ‘फटाह फणिन्द्रे’निर्माण हुने भएको छ। चलचित्रमा नायिका सुस्मा कार्की मुख्य भूमिकामा देखिने भएकी छिन्। निर्माता अरुण खड्काले अरुण फिल्म प्रोडक्सन प्रालीको तेस्रो प्रस्तुतिका रुपमा यो चलचित्र निर्माण गर्न लागेका हुन्। चलचित्रको निर्देशन समेत उनी आफैले गर्दैछन् ।

यस चलचित्रका लागी नायिका सुस्माले १० लाख पारिश्रमिक लिएको बताइएको छ । चलेका र केही नयाँ कलाकार समेतको अभिनय रहने चलचित्रको अन्य कलाकार छिट्टै टुङ्गो लाग्ने अरुणले जानकारी दिए। ‘तिम्रो लागि’,‘पाठशाला’ लगायत केही चलचित्र निर्माण गरेका अरुण यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । चलचित्र निर्माणको सिलसिलामा आफुले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्दे्र’मा खन्याउन लागेको खड्काले बताए। ‘केही दिन अरुको फिल्म सुटिङ हेरेर धेरै निर्देशक भएका छन्’ खड्काले भने ‘म त यो क्षेत्रमा एक दशकदेखि छु ।’ अहिले बनिरहेको भन्दा फरक र सबैले मन पराउने फिल्म आफुले बनाउने उनले खुलाए ।

उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा सम्वाद रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायाँकन रहनेछ । नेत्र बिष्ट कार्यकारी निर्माता रहेको चलचित्र कमेडी जनरा निर्माण हुन लागेको हो । चलचित्रको छायाँकन आगामी कार्तिकबाट सुरु हुनेछ।