‘घाँटी भन्दा तल’ गीतमा रिमा र आर्जनको रोमान्स (भिडियो)

आर्टिष्ट खबर/साउन, काठमाडौं ।

गायक आर्जन पाण्डेको नयाँ गीतमा नायिका रिमा विश्वकर्माले अभिनय गरेकी छिन् । यसअघिका आफ्ना अधिकांश गीतमा नायिका केकी अधिकारी अभिनय गराउँदै आएका आर्जनले यसपटक रिमालाई लिएका हुन् । ‘घाँटी भन्दा तल’ बोलको गीतको भिडियोमा आर्जनसँग रिमाले अभिनय गरेका छन् । बुधवार सार्वजनिक गरिएको यस गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत छ।

‘साइन्स फिक्सन’ शैलीको उक्त भिडियोमा अभिनेताको रुपमा प्रस्तुत भएका गायक पाण्डे भिडियो गेम भित्र प्रवेश गरेपछि विकसित भएका घटना क्रमलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । बालाजुस्थित चलचित्र विकास कम्पनिमा छायांकन गरिएको उक्त म्युजिक भिडियो एस्ट्रो झोलेले निर्देशन गरेका छन् । भिडियोका छायांकार तथा सम्पादक पनि एस्ट्रो झोले नै हुन्। अघिल्लो वर्ष गायिका ईन्दिरा जोशीसंगको यूगल गीत ‘रेमिलाई’ को सफलतापछि उत्साहित भएका गायक पाण्डेले त्यसपछि गायिका मेलिना राईसंग गरेको ‘झिमिक्कै परेली’ लाई पनि दर्शक तथा स्रोताले मन पराएका थिए । ‘घाँटी भन्दा तल’ गीत पप तथा ज्याज शैलीमा आधारित छ।

song: