‘हामी पनि नाँच्नुपर्छ बिच बिचमा’

आर्टिष्ट खबर/साउन, काठमाडौं ।

अहिले सामाजिक सञ्जालका भित्ताहरुमा एक गीतको भिडियो छरिएको देखिन्छ। फेसबुक, ट्विटर, टिकटक जस्ता मोबाइल एप्सहरुमा अहिले ‘हामी पनि नाँच्नुपर्छ बिच बिचमा’ भन्दै बलिउड देखी नेपालका थुप्रै कलाकारहरु नाँचेको भिडियो जोडेर राखिएको छ । गायक दुर्गेश थापाले यसबर्षको तीज कोसेली भन्दै फरक गीत सार्वजनिक गरे जुन गीत अहिले युवापुस्तामाझ लोकप्रिय बन्दै छ । चारभागमा एकभाग दर्शकले तीजको मौलिकता नभएको गीत भन्दै तर्कपनि राखेका छन् भने अन्यले यस्तो प्रकारको गीत पनि आउनुपर्छ भन्ने तर्क सामाजिक सञ्जालमा दिएको देखिन्छ ।

दुर्गेशले आफ्नै स्वरमा ‘हामी पनि नाँच्नुपर्छ बिच बिचमा, काँचो कटहर’ शीर्षक दिएर युट्युवमा अपलोड गरेको भिडियो अहिले लोकप्रिय बन्दै गएको छ। सात जना युवाहरु एक ठाउँमा बसेर तीजको शब्द राखेर बनाएको भिडियो युट्युवमा एक सातामै करिब आठ लाख बढीले हेरिसकेका छन् । गीतमा शब्द रचना, संगीत दुर्गेशकै रहेको छ । आफूले तीज पर्वलाई लक्षित गर्दै युवावर्गका लागी भन्दै यस्तो गीत ल्याएको दुर्गेश बताउँछन् ।

अहिले टिकटक तथा फेसबुकमा हेर्नेहो भने यसै गीतको एक क्लिपलाई राखेर बलिउडका सुपरस्टारहरुले नृत्य गरेको भिडियो जोड्दै राख्ने क्रम बढेको छ । बलिउड गीतमा नृत्य गरेको भिडियो यस गीतमा राख्दा हेर्नेहरुले रमाइलो मान्ने भएकाले यस्तो गरेको देखिन्छ।