तीज गीतमा रमाउँने बिनु

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

अहिले तीज पर्वलाई लक्षित गर्दै म्युजीक भिडियोहरु छायांकन हुने र सार्वजनिक हुनेक्रम चलिरहेको छ । बर्षेनी तीजमा मात्रै लगभग हजार भिडियो सार्वजनि हुने गर्छन् । त्यसमा हजारौंले रोजगार पनि पाएका हुन्छन् र लाखौं खर्च र आम्दानी पनि भइरहेको हुन्छ । यसैबिच कतिपय नयाँ कलाकारको आगमन र पुराना कलाकारको ब्यस्तता पनि अत्यधिक बढेको पाइन्छ । यसैबिच बेली डान्सरको रुपमा परिचित बिनु शाक्यपनि अहिले तीजगीतका भिडियोहरुमा नृत्य गर्न ब्यस्त छिन् ।

खासगरी स्टेज कार्यक्रमहरुमा नृत्य गर्न ब्यस्त रहने बिनुले यसबर्ष केहि तीजगीतका भिडियोहरुमा पनि नृत्य गरेकी छिन् । लोक तथा आधुनिक गीतका दर्जनौं भिडियोहरुमा मोडलिङ गरेकी बिनुले आफूलाई तीज गीतको भिडियोमा नृत्य गर्दा रमाइलो लाग्ने बताउँछिन् । ‘तीज आउँदा मलाई आनन्दा लाग्छ । अझ तीज गीतको भिडियोमा नृत्य गर्न पाउँदा आफैमा रमाउँने मान्छे हुँ ।’ बिनुले भन्नि । ‘यो बर्ष पनि केहि भिडियो गरेँ । जसमा केहि सार्वजनिक भइसकेका छन् भने केहि हुनेक्रममा छन् ।’

दुई दिन अघिमात्रै गायक प्रकाश कटुवाल र उमा श्रेष्ठको स्वरमा रहेको ‘मेरो राजै’ बोलको नयाँ तीजगीतमा बिनुले नृत्य गरेकी छिन् । जसमा बिनुसँग लोकप्रिय मोडल शंकर बिसीले साथ दिएका छन् । गीतमा रमेश बिजीको शब्द र कृष्ण बिकको संगीत रहेको छ ।

तस्बिर स्रोतः फेसबुक