आर्टिष्ट खबर/ साउन, काठमाण्डौ।

चर्चित नायक आकाश श्रेष्ठ र गलबन्दीकी लोकप्रिय मोडल अञ्जली अधिकारी फिचरिङ ‘मुटु किन’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा नब गायिका तारा नुमिहाङ्ग राईको स्वरमा पदम साधना कुलुङले शब्दमा हरि लम्सालले सङ्गीत भरेका छन्। फूलचन्द्रमा एल्बममा रहेको गीतको भिडियोलाई निकेश खडकाले निर्देशन गरेका हुन् । शम्भु राईले निर्माण गरेको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका छन् भने सम्पादन विकास धमलाले गरेका छन्।

सङ्गीतकार हरि लम्सालले भने 'गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ,‘हामीले एउटा राम्रो गीत स्रोता/दर्शकमाझ पस्किएका छौ, यसले सबैको मन जित्नेमा हामी आशावादी छौ।’

song:

१२ श्रावण २०७६, आईतवार १२:१९