‘मह जोडी’ले शिवहरीको ‘लक्का जवान’ नगर्नुको कारण यस्तो…

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै हाँस्य कलाकार शिवहरी पौडेलको निर्देशन रहँने चलचित्र ‘लक्का जवान’को प्रर्दशन मितिसँगै चलचित्रमा अभिनय गर्ने कलाकारहरुको नाम सार्वजनिक गरिएको थियो। 'मह जोडी' मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितीमा निर्माण टिमले चलचित्रको प्रर्दशन मिति र कलाकारहरु सार्वजनिक गरेका थिए। कार्यक्रममा 'मह जोडी'सँगै दिपकराज गिरी, दिपाश्री निरौला,जितु नेपाल,केदार घिमिरे लगायतको उपस्थिती रहेको थियो।

यसै दौरानमा सुरुवातमा शिवहरिले चलचित्रको शिर्ष भूमिकामा ‘मह जोडी’लाई प्रस्ताव राखेको खबर बाहिरिएको छ। उनले स्क्रिप्ट समेत मह जोडीको भूमिकालाई सुहाउने हिसाबले तयार पारेका थिए। हरिवंश आचार्यले ‘लक्का जवान’ चलचित्र गर्न आफूसँग पर्याप्त समय नभएको भन्दै बिभिन्न समस्यालाई औल्याए। कार्यक्रममा निर्देशक पौडेलले यसबारे केही शब्द राखेका छन् उनले भने 'सुरुमा मैले शिर्ष भूमिकामा हरिवंश र मदनकृष्ण दाईलाई प्रस्ताव राखेको थिए। स्क्रिप्ट समेत मैले उहाँहरुलाई सुहाउने हिसाबले तयार पारेको थिए। तर उहाँहरुले अन्य चलचित्र अफर आएको बताएपछि मैले यस बिषयलाई त्यहीँ कर नगरी त्यहीँ टुङग्याए।' तर मह जोडीले भने अब आफूहरु आफ्नै ब्यानर ‘मह संचार’ बाहेक अन्य ब्यानरमा काम नगर्ने बताएका छन्। ‘मह जोडी’ले बरु निर्देशक शिवहरिलाई चाहीँ आफ्नै ब्यानर ‘मह संचार’ मा चलचित्र निर्माण गर्न आग्रह गरेका थिए।

हाँस्यकलाकार किरण केसी, शिवहरि पौडेल र अभिनेता दिलीप रायमाझी सह-निर्माताको रुपमा रहने यस चलचित्रमा दिलिप रायमाझी, शिवहरि पौडेल र किरण केसी स्वयमको पनि अभिनय रहनेछ। यिनका अलवा चलचित्रमा प्रियंका कार्की,सलोन बस्नेत,बर्षा सिवाकोटी,राजाराम पौडेल, सरोज खनाल, जयनन्द लामा,अनुसुया श्रेष्ठ पन्त सुशील पोख्रेल, रमेश केसी, सबित गुरुङ, बिमला गिरी,अन्जु मर्हजन, मनिसा श्रेष्ठ, धनिराम मुस्कान,यमन श्रेष्ठ, बिनोद केसी, शिवहरि आचार्य,स्वस्तिका लामिछाने,कंचन सापकोटा, डोमा शेर्पा र लक्ष्मी श्रेष्ठ लगायतको भूमिका रहनेछ । शिवहरि पौडेलको लेखन निर्देशन रहेको चलचित्रको भदौ ४ गतेबाट छायाकंन शुरु हुनेछ। प्रर्दशन मिति चैत ७ गतेलाई घोषणा गरिएको चलचित्र पारिवारिक कथासँगै कमेडी जनरामा बन्ने बताइएको छ।