१३ लाख खर्चिएर निर्माण भएको कार्टुन क्रुको म्युजीक भिडियो रिलिज

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

शुभ मिडियाले निर्माण गरेको ‘मायालु तिमी कता छौं’ बोलको गीत रिलिज गरिएको छ । २२ दिन लगाएर सेट तयार पारेर सुटिङ गरिएको यो म्युजीक भिडियोमा लगानी मात्रै १३ लाख रहेको भिडियो निर्देशक सरोज वलीले आर्टिष्ट खबरलाई बताए । उनका अनुसार म्युजीक भिडियोमै अहिलेसम्मकै फरक प्रयोग गरिएको छ ।

गीतमा राजनराज सिवाकोटी र स्मिता दाहालको स्वर रहेको छ । यस्तै गीतमा शब्द दिनेश थपलियाको रहेको छ भने संगीत राजनराजले नै दिएका छन् । गीतको भिडियोमा डान्सिङ ग्रुप कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य रहेको छ । सँगै गायिका स्मिताले पनि नृत्य गरेकी छिन् । ६ मिनेट लामो भिडियोको अधिकांश सिनमा पानी पारिएको छ । गीतको शब्दमै पानी भएकाले भिडियोमै पनि पानी देखाउनु परेको निर्देशक सरोज बताउँछन् । भिडियोमा बिक्रम स्वारले कोरियोग्राफि गरेका छन् भने सन्जय लामाले खिचेका छन् ।

१३ लाख खर्च किन ?

निर्माण कम्पनी शुभ मिडियाको तर्फबाट सरोज वली भन्छन् ‘गीतको मर्म अनुसारको भिडियो बनाउनुपर्छ । यसअघि शुभ मिडियाबाट निर्माण भएका गीतहरुमा पनि लगानीमा कुनै कमि हुन दिएका छैनौं । अहिले यतिधेरै खर्च हुनुमा टप टिमसँग काम गरेका छौं । आर्टिष्टलाई दिएको पारिश्रमिकमा मन खुम्च्याइ छैन । सेट निर्माण देखी प्राविधिक, आर्टिष्ट सबैको खर्च गर्दा १३ लाख आएको हो ।’

सुटिङमा आश्मा बेहोस भएकी थिइन्

भिडियो सुटिङको क्रममा डान्सर आश्मा बिश्वकर्मा लगातारको पानीमा भिजेको कारण बेहोस् समेत भएकी थिइन् । सरोजका अनुसार आश्मा लगातार २३ घण्टासम्म पानीमा भिजेकी थिइन् । आश्माले लगातार पानीमा भिज्दा केहिबेर होस्नै हराएको बताइन् । आश्माले आर्टिष्ट खबरसँग कुरागर्दै भन्छिन् ‘लगातार भिज्दा अतिनै गाह्रो भएको थियो । ढलेकी रहेछु , पछि अस्पतालमा पुगेपछि थापा पाएकी थिएँ ।’ सरोजले पनि आफूलाई निकै गाह्रो भएको बताए । अहिले गीत सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया पाउँदा खुसी लागेको सरोज बताउँछन् ।

video:

Video Interview of Team: