‘च च हुई’को पोस्टर सार्वजनिक

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

मंसिर ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘च च हुई’ को दुई अफिसियल पोस्टर सार्वजनिक भएको छ। रोमान्टिक र कमेडी जनरामा निर्माण भएको चलचित्रको पोस्टरमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरसँगै भोलाराज सापकोटा र माओत्से गुरुङ फिचर्ड छन्। एक पोस्टरमा आर्यन मिरुनाप्रति फिदा भएको देखाइएको छ भने अर्कोमा सबैलाई एकमुष्ट देखाइएको छ जसमा मिरुनाको लजालुपन दर्शाइएको छ। निर्देशक साम्तेन भुटियाले पहिलो पटक कमेडी चलचित्र निर्देशन गरेका हुन्। चकलेटी अभिनेता आर्यनलाई यसअघि केमेडी चलचित्रमा दर्शकले कमै देखेको र अब आर्यनलाई भरपुर रोमान्टिकसँगैकमेडी चलचित्रमा दर्शकले देख्न पाउने निर्देशक भुटियाले बताएका छन् । अनागत, तान्द्रो, साढे सात, जस्ता फरक बिधालाई समेटेर चलचित्र निर्माण गर्दै आएका भुटियाले कमेडी चलचित्र ‘चच हुई’ बनाएका हुन्।

एजिएल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रमा संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संयूक्त संगीत छ। चलचित्रमा शिशिर खातीको कोरियोग्राफी,श्री श्रेष्ठको द्वन्द्व, सिजन दाहाल र सन्देश अर्यालको पटकथा, निर्देशक भुटिया स्वयंको सम्पादन, र सुशन प्रजापतिको छायाकंन छ ।