‘पासवर्ड’ हेर्न सन्नी लियोनी नेपाल आउने (भिडियो)

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली चलचित्र ‘पासवर्ड’को ‘आजको शाम’ बोलको आइटम गीतमा दमदार डान्स गरेकी छिन्। यो नेपाली गीत दुई महिना अघि यूट्युबमा सार्वजनिक गरिएको थियो । ३ करोड नेपाली रकम बुझेर सन्नीले यो गीतमा ठुम्का लगाएकी हुन् । नेपाली गीतमा पनि उनले सहज तरिकाले डान्स गरेकी छिन्। भदौ २७ गते प्रदर्शनमा आउँने यस चलचित्रको प्रर्दशनको तीन दिन अगाडि राजधानीमा प्रिमियर गरिने बताइएको छ । प्रिमियरमा सहभागी जनाउँन भारतबाट अभिनेत्री सन्नी नेपाल आउने भएकी छिन् । एक भिडियो सन्देशमार्फत् उनले आफू ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन नेपाल आउन लागेको जनाएकी छिन् ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन्। अकिंत गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् । एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको चलचित्रलाई सौरभ लामाले छायाँकन गरेका हुन् ।सम्राट बस्नेतले निर्देशन गरेको चलचित्रमा अभिनेता अनुपविक्रम शाही, विक्रम जोशी,बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको अभिनय छ ।

https://www.facebook.com/watch/?v=2303375249927307