‘छ माया छपक्कै’ गीत ‘जुनको जुनेली’ सँगै प्रर्दशन मिति सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

दीपक-दीपाको चलचित्र ‘छ माया छपक्कै’मा समावेश ‘जुनको जुनेली’ बोलको गीत सार्वजनिक भएको छ। गीत ज्योतिषले समयतोके बमोजिम शुक्रबार बिहान ८ बजे यूट्युबमा सार्वजनिक गरिएको हो। गीतसँगै निर्माण टीमले चलचित्रको  प्रदर्शन मिति पनि घोषणा गरेको छ । चलचित्र असोज २४ गतेबाट प्रदर्शनमा आउने भएको छ।

गीतमा चलचित्रमा मुख्य भूमिकामा रहेका कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी र सुपुष्पा भट्ट फिचर्ड छन्। गीतले दीपकराज र केकीको तथा जितु र सुपुष्पाको प्रेम भाव वाचन गरेको छ। प्रेमराजेन्द्र थापाको शब्द रहेको गीतमा बसन्त थापा र मिना निरौलाले स्वर दिएका छन्। गीतमा गायक बसन्तकै संगीत समावेश छ। दीपेन्द्र लामा निर्देशित चलचित्र निर्देशन गर्नलाई लामालाई दीपाश्री निरौलाले सहयोग गरेकी छिन्। निर्देशक लामाकै कथा रहेको चलचित्रमा बुद्धि तामाङ र रजनी गुरुङको पनि अभिनय रहेको छ। चलचित्रमा कार्यकारी निर्माताको रुपमा केदार प्रसाद घिमिरे रहेका छन् । दीपकराज गिरीको पटकथा रहेको चलचित्र संवादमा उनलाई जितु नेपाल, केदार प्रसाद घिमिरे, अभिमन्यू निरवीले सहयोग गरेका छन्। चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व, हरि हुमागाईंको छायांकन र विपिन मल्लको सम्पादन रहेको छ।

song: