आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

गायक सुमन केसी र गायिका मेलिना राईको स्वरमा नयाँ गीत 'मखमली चोली २' सार्वजनिक भएको छ। गीतकार अम्बिका गुरुङको शब्द रहेको यस गीतको भिडियो सहित गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘सार्वजनिक गरिएको हो। यसअघिको 'मखमली चोली'ले सफलता पाएपछि उक्त टिमले मखमली चोली २ तयार गरेको हो। 'मखमली चोली'ले युट्युबमा ६५ लाख बढि भ्युज पाएको छ। दिल चोर्ने माकुरी' बोलको गीतमा राजन खतिवडाको संगीत रहेको छ। गीतमा दील चोर्ने माकुरीलाई उजुरी दिने कुरा गरिएको छ ।

गीतकार अम्बिका गुरुङ केटाले मन पराएपछि केटीलाई फकाउन गरेको कुराकानीलाई गीतमा समेटिएको बताउँछिन्। शान थापाको निर्देशनमा बनेको यस गीतको भिडियोमा पल शाह र एलिशा राई फिचरिङ छन्। निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा पल र एलिशाको केमेष्ट्रि निकै सुहाएको देखिन्छ। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

भिडियोमा सुरेश काफ्लेले ड्रेन उडाएका छन्। राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ।

song:

२२ भाद्र २०७६, आईतवार ०२:२७