अली अब्बासको एक्सन फिल्ममा शाहरुखको धमाकेदार इन्ट्रि

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

बलिउडका चर्चित चलचित्र निर्देशक अली अब्बास जफरले अर्को नयाँ चलचित्र निर्देशन गर्ने भएका छन्। सुल्तान’,भारत, ‘टाइगर जिन्दा हे', 'मेरी ब्रदरकी दुल्हन' जस्ता हिट चलचित्र निर्देशन गरेका उनले निर्देशन गर्ने नयाँ चलचित्रमा किंग खान अर्थात शाहरुख खान मुख्य भूमिकामा रहने भारतिय मिडियाले जनाएको छ । यसअघि चलचित्र ‘जीरो’ बक्सअपिसमा फल्प भएपछि शाहरुख हत्तपत्त चलचित्र साइन गर्न डराइराखेको अवस्थामा भारतकै सबैभन्दा ठूलो चलचित्र निर्माण कम्पनी यशराज फिल्मस्ले निर्माण गर्ने चलचित्र भने उनले साइन गरेका छन्। ‘जीरो’को असफलतापछि उनी निकै समयपछि दर्शकमाझ आउने भएका छन्।

शाहरुख लामो समय बिश्राम गरेर चलचित्र गर्ने भएपछि उनी अब भने दमदार रुपमा प्रस्तुत हुन्छन् भन्ने अनुमान गर्न सकिन्छ । बताइए अनुसार ‘जीरो’को फ्रस्टेसनलाई उनले आउँने चलचित्र मार्फत रिकभर गर्ने तयारीमा छन् । स्रोतका अनुसार नयाँ चलचित्रको स्क्रिप्टको काम लगभग सकिएको अली आफैले बताएका छन्। यस चलचित्रलाई भारतकै सबैभन्दा ठूलो एक्सन चलचित्र भनिएको छ। यघपी चलचित्रको नाम भने हाल सार्वजनिक गरिएको छैन । यशराज फिल्मस् स्थापनाको ५० औैं बर्ष पुगेको अवसरमा पारेर चलचित्रको नाम घोषणा गर्ने बताइएको छ। चलचित्र २०२०मा प्रर्दशन गरिने छ।