‘पोइ पर्‍यो काले’को शिर्ष गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘पोइ पर्‍यो काले’को शिर्ष गीत सार्वजनिक गरिएको छ। गीतमा गायक रामचन्द्र काफ्ले र गायिका अञ्जु पन्तको स्वर रहेको छ।  नृपेश उप्रेतीको शब्दमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतमा चलचित्रमा मुख्य भूमिकामा रहेका कलाकारहरु सौगात मल्ल, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ , सुरक्षा पन्त, आकाश श्रेष्ठ र सोहित मानन्धर फिचर्ड छन्।रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा सौगात र पूजा जोडीको रुपमा प्रस्तुत छन् भने अर्को जोडीको रुपमा आकाश र श्रृष्टि प्रस्तुत छन् । चलचित्रमा  श्रृष्टि र पूजा साथीको भूमिकामा रहेका छन्।

कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रमा अभिनेता सौगातलाई बढी फोकस गरिएको छ। शिशिर राणाको लेखन तथा निर्देशमा तयार भएको चलचित्रमा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा अमलादेवी राई कार्यकारी निर्माताको रुपमा रहेकी छिन् । आइतबार गरिएको कार्यक्रममा चलचित्रमा मुख्य भूमिकामा रहेका सबै कलाकार उपस्थित थिए । यसैबीच चलचित्रले दर्शकलाई भरपुर मनोरञ्जन दिने सौगातले बताएका छन्।

song: