छठमा आउने भयो ‘लभ डायरिज’

आर्टिष्ट खबर/भदौ, काठमाडौं।

असोज ३ लाई प्रर्दशन मिति तोकेर प्रचारप्रसार समेत हात हालेको चलचित्र ‘लभ डायरिज’को प्रर्दशन मिति पछि सरेर कार्तिक १५ मा पुगेको छ। छठको बिदाको मौकामा प्रर्दशन गर्ने दाउमा चलचित्रले आफ्नो मिति सारेको हो। प्रेमकथामा आधारित यस चलचित्रको एक गीत दर्शकले निकै रुचाएका छन्। केही समयअघि सार्वजनिक गरिएको उक्त गीत भिजिट नेपाल २०२० लाई प्रमोट गर्ने खालको छ ।

‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण भएको चलचित्रमा  शुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापा मुख्य भूमिकामा छन् । यिनका अलवा चलचित्रमा बिष्णु सापकोटा, विश्वजित रिमाल, बिशाल पहारीे,अर्जुनजंग शाहीलगायतका कलाकारहरुको पनि अभिनय छ। सौरभ चौधरीको निर्देशनमा बनेको चलचित्रमा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, विनोद सापकोटाको निर्माण ,सरोज तुलाधरको सह-निर्माण,अर्जुन पोखरेलको संगीत, सञ्जय लामाको छायांकन, र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।