को-को छन् ‘चपली हाइट ३’मा ?

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त निर्माण रहने चलचित्र ‘चपली हाइट–३’को औपचारिक घोषणा गरिएको छ। मंगलबार राजधानीमा प्रेसमिट आयोजना गर्दै चलचित्रका निर्माता अर्जुन कुमारले यस चलचित्रबारे केही जानकारी दिए। चलचित्र ‘रणवीर’को अभिनयले दर्शक तथा समिक्षकलाई आफूतिर तान्न सफल नायिका सुपुष्पा भट्ट भर्खरै मात्र यस चलचित्रमा प्रवेश गरेकी छिन्। मुख्य भूमिकामा अर्की नायिका स्वस्तिमा खड्काले नव-अभिनेता महेश त्रिपाठीसँग जोडी बाँध्नेछिन् भने नायिका सुपुष्पा भट्ट र नव-अभिनेता प्रतिक श्रेष्ठले जोडी बाँध्नेछन्। चलचित्रमा पहिलो पार्ट ‘चपली हाइट’मा प्रमुख भूमिकामा रहेका अभिनेता आमिर गौतम मात्र दोहोरिएका छन्।

त्रिपाठीले यसै चलचित्र मार्फत चलचित्रमा डेब्यू गर्दैछन्। ‘चपली हाइट’ र यसको दोश्रो पार्टमा भने दिपेन्द्र के.खनालको लेखन तथा निर्देशन रहेको थियो। ‘चपली हाइट’ले राम्रो ब्यापार गर्न सफल भएपनि यसको दोश्रो पार्टले भने खास्सै दर्शकको मन छुन सकेन।अब तेश्रोले के गर्ला त्यो भने हेर्न बाँकीनै छ। चलचित्र यस वर्षको अन्तिम तिर प्रदर्शन गर्ने बताइएको छ। ‘चपली हाइट–३’मा निकेश खड्काको निर्देशन रहने छ। निकेशले चलचित्र 'फाटेको जुत्ताबाट' निर्देशनमा डेब्यू गरेका हुन्। जुन चलचित्र अर्जुन कुमारले नै निर्माण गरेका थिए।