‘सुर्य इन्टरनेशनल अवार्ड’ अघिल्लो वर्षभन्दा भव्य हुने

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

गतबर्षबाट सुरु गरिएको ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ यस बर्षपनि आयोजना हुने भएको छ। राजधानीमा आयोजीत पत्रकार भेटघाटमा यो अवार्ड यसपटक पनि जापानको टोक्योमै हुने जानकारी दिइयो। आयोजक कम्पनि सुर्य कर्पोरेसन लिमिटेडका अध्यक्ष बासुदेव लामिछाने दोस्रो शृंखला आउँदो नोभेम्बरमा हुने घोषणा गरे। अभिनय, गायन, नृत्य र हास्य विधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने उनको भनाई छ। घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका आध्यक्ष केशव भट्टराई, चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले, अभिनेता भुवन केसी, अभिनेत्री गौरी मल्ल, गायक रामकृष्ण ढकाल, अभिनेत्री श्वेता खड्का, गायक हेमन्त शर्मा, अभिनेत्री सरिता लामिछाने, निर्देशक ऋषि लामिछाने, गायक कमल खत्री, अभिनेता प्रशान्त ताम्राकार, गायक युवराज चौलागाई, गायिका मिलन अमात्य र एञ्जिला रेग्मी, गायक हेमन मोक्तान, निर्माता अमृत घोले लामा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा आउँदो नोभेम्बर २४ मा टोकियोमा अवार्ड हुने जानकारी गराइयो । यसपटक ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ। केहि दिनमा नोमिनेशन सार्वजनिक गरिनेछ र नोमिनेशनलाई परेकालाई आयोजककै व्यस्थापनमा टोकियो लगिने कार्यक्रममा जानकारी गराइयो। अवार्ड अगाडी साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिने छ। जसमा स्थानीय मिडियाकर्मीसंगको भेटघाट, फिल्म र पर्यटन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमहरु रहनेछन् । अवार्डमा गत वर्ष अर्थात २०७५ साल बैशाख १ देखि चैत्र ३० गतेसम्म सार्वजनिक भएका फिल्म तथा गीतसंगीतले सहभागिता जनाउन पाउनेछन्। पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन्। अवार्ड समारोहमा दुइ दशक लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, एक दशकलामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान, एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ । परेका आवेदनको आधारमा छनौट समितिले टप ३ को नोमिनेशन सार्वजनिक गर्नेछ।