‘बेनिलि मोडल हन्ट’को अन्तिम प्रतिस्पर्धा शनिबार हुने

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

‘बेनिलि मोडल हन्ट नेपाल’को अन्तिम प्रतिस्पर्धा यहि शनिबार (भदौ २५मा) हुने भएको छ । होटल सोल्टीक्राउन प्लाजामा हुने यो  प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए।प्रतियोगितामा देशभरबाट छानिएका ५५ जना युवायुवती भिड्दै छन् । जसको लागि उनीहरुले साउनको पहिलो सातादेखि प्रशिक्षण सहित तयारी गरेका हुन् । ब्यक्तित्व बिकाश, फोटो सुट, भिडियो प्रोफाइल, सामाजिक संजाल ब्यावस्थापन, ट्राफिक रुल अवेरनेस, नेपाल ब्रेष्ट क्यान्सर फाउन्डेसनको सहयोगमा ब्रेष्टक्यान्सर अवेरनेश, फ्ल्यास मोभ लगायत उनीहरुको बिभिन्न प्रशिक्षण अहिले अन्तिम सातामा चलिरहेको छ । प्रशिक्षण्को क्रममा उनीहरुलाई सेल्फ मार्केटिङ र सेल्फ मेकअप लगायतको समेत प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।

प्रतियोगिको प्रतिभा निखार्ने प्रशिक्षकको जिम्बेवारी अभिनेत्री तथा मोडल परमिता राज्यलक्ष्मी राणा, रोजिन शाक्य, थेन्डुप शेर्पा वनिसा मुल्मि श्रेण, निश्चल श्रेष्ठ लगायतले निर्बाह गरेका थिए । रोजिन शाक्य प्रतियोगीताको मुख्य प्रशिक्षक पनि हुन्। प्रतियोगिताकै लागि भनेर भारतिय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोर आइतबार नेपाल आइसकेका छन् । कार्यक्रममा मोडल हन्ट नेपालका उत्कृष्ट युवायुवतीले रÞ्याम्प समेत नाप्ने कार्यक्रममा रहेको छ । युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उदेश्यले आयोजना हुदै आएको यो प्रतियोगिता ब्यवसाहिक मोडल उत्पादन गर्ने नेपालको पहिलो सौदर्य प्रतियोगीता भएको हो ।बिगत पाँच बर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा एक महिला र एक पुरुष शिर्ष बिजेता छानिने नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।