आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

बिहिबार अर्थात आज बेलुकी आयोजना हुन लागेको चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन बलिउड नायिका सन्नी लियोनी नेपाल आउँदैछिन्। भदौ २७ गतेबाट प्रर्दशनमा उत्रिने यस चलचित्रमा समावेश एक गीतमा उनले आइटम डान्स गरेकी छिन्। निर्माण टीमको साथमा आफूले गरेको डान्स ठुलो पर्दामा हेर्न उनी आज नेपाल आउँदैछिन्। नेपाली गीतमा देखिएको सन्नीको ठुम्काले निकै चर्चा पाएको छ। यस चलचित्रको बारेमा अन्य केही प्रचार नभएपनि सन्नी 'आजको शाम'ले भने चलचित्रको निकै प्रचार गरिरहेको छ।अहिले चलचित्रकी ‘पासवर्ड’नै सन्नी भएकी छिन्। सन्नी नेपाल आउँदा चलचित्रलाई निकै फाइदा हने अनुमान गर्न सकिन्छ। अन्य देशमा जस्तै नेपालमा पनि सन्नीका निकै क्रेजी फ्यान छन्।

सम्राट बस्नेतले निर्देशन गरेको यस चलचित्रमा अभिनेता अनुप विक्रम शाही,विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको अभिनय छ । निर्देशक बस्नेत स्वयंको द्वन्द्व निर्देशन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत छ। अमरजीत सिंहको छायांकन र सौरभ लामाको डिओपी रहेको चलचित्रको पटकथा निर्देशक बस्नेत र महेश दवाडीले लेखेका हुन्। कथा सिमा गुरुङको रहेको चलचित्रमा अमित बस्नेत र हिराल जोशी निर्मातामा छन् ।

२६ भाद्र २०७६, बिहीबार ०५:४०