टिका र जमरा पोतिएको ‘रातो टिका निधारमा’को पोस्टर सार्वजनिक

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

बडादशैंको मौका छोप्दै आगामी असोज १० गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘रातो टिका निधारमा’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । रातो टिका र जमरा लगाइएको पोस्टरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक अंकित शर्मालाई बिषेश स्थान दिइएको छ । यही शुक्रबार शिर्ष गीत सार्वजनिक गर्ने बताउदै गर्दे आज अर्थात बिहिबार निर्माण टीमले चलचित्रका बिभिन्न पोस्टर सार्वजनिक गरेका हुन् ।

अशोक शर्मा निर्देशित 'रातो निधारमा को पोस्टर'मा साम्राज्ञी र अंकितको अलवा नीता ढुंगाना, खुस्बु खड्का, रविन्द्र झा, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मी, बुद्दि तामाङ लगायतलाई स्थान दिइएको छ ।

भोली अर्थात शुक्रबार सार्वजनिक गरिने बताइएको गीतमा साम्राज्ञी र अंकितले मज्जाले कम्मर मर्काउने छन् । महानायक राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले दमदार ठुम्का लगाएको गीतको रिमेक भर्जनमा साम्राज्ञी र अंकितको नृत्य हेर्न दर्शक निकै आतुर देखिएका छन् । नयाँ गीतमा प्रमोद खरेल र मेलिना राईले स्वर दिएका छन् भने शम्भुजित बाँस्कोटाको संगीत समावेश छ। गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ ।