सन्नीको ‘पासवर्ड’अल नेपाल प्रदर्शनमा,अन्य १२ देशमा पनि प्रदर्शन हुने

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

बलिउड अभिनेत्री सन्नी लियोनीले आइटम डान्स गरेको चलचित्र ‘पासवर्ड’ आज शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आएको छ। यसकासाथै दुई साता पछाडि विदेशका १२ देशका २४ शहरमा एकसाथ प्रदर्शन हुने निश्चित भएको छ । मलेसिया, जर्मनी, पोर्चुगल, क्यानडा, दुबई, अमेरिका, अस्ट्रेलिया, कोरिया, जापान, भारतलगायतका देशमा प्रदर्शन हुने बताइएको छ। सेप्टेम्बर २७ अर्थात् असोज १० चलचित्रको विदेश प्रदर्शन सुरु हुनेछ। सन्नी लियोनी बिहीबार नेपाल आएकी हुन्। साँझ ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आइपुगेकी सन्नीले नेपाली चलचित्र ‘पासवर्ड’मा आइटम डान्स गरिन्। बिहीबार साँझ सातबजे कुमारी हलमा आयोजना गरिएको त्यसै चलचित्रको प्रिमियर शोमा सहभागी भएकी थिइन् । उनी शनिबार दिउँसो स्वदेश फर्किनेछिन् । ‘पासवर्ड’मा काम गर्ने सम्झौताको समयमा नै नेपालमा हुने प्रिमियरमा आउनुपर्ने सहमतिमा हस्ताक्षर गरेकी थिइन् । त्यसै अनुरुप उनी दुईदिनका लागी नेपाल आएकी हुन्।

बिहीबार उनलाई स्वागत गर्न चलचित्रका निर्देशक सम्राट बस्नेतसहित कलाकार र निर्माता पुगेका थिए। चलचित्रको टिमले उनलाई खादा र राष्ट्रिय झण्डा अंकित भादगाउँले टोपी लगाएर स्वागत गरेका थिए । चलचित्र ‘पासवर्ड’को ‘नाम मेरो सन्नी’ बोलको गीतमा सन्नीले नृत्य प्रस्तुत गरेकी छन् । उनले पहिलो पटक नेपाली चलचत्रिमा काम गरेकी हुन्। अभिनेत्री सन्नीले ‘पासवर्ड’ को गीतमा नृत्य गर्न नेपाली दुई करोड बढी लिएको चर्चा छ । गीतको छायांकनका लागि उनी डान्स कोरियोग्राफर विष्णु देवालाई साथमा दिएर भारतबाट लण्डन पुगेकी थिइन्।अभिनेत्री सन्नीको यो तेस्रो नेपाल यात्रा हो । यसअघि उनी दुईपटक नेपालको रमणीय स्थान घुम्न र आफू ब्रान्ड एम्बसेडर रहेको कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्न नेपाल आएकी थिइन् । उनी श्रीमान् डेनियल वेबरसँगै नेपाल आउने गरेकी छन्। यसपटक पनि उनले श्रीमानलाई साथमा लिएर आएकी छन् । अधिकांश  यूकेमा छायांकन भएको यस चलचित्रमा नेपालबाट चोरिएर लण्डन पुर्याइएको मन्दिरको मूर्तिलाई नेपाल ल्याउन मुख्य पात्रले गर्ने संघर्षमा आधारित छ ।निर्देशक बस्नेत स्वयंको द्वन्द्व निर्देशन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ । अमरजीत सिंहको छायांकन र सौरभ लामाको डिओपी रहेको फिल्मको पटकथा निर्देशक बस्नेत र महेश दवाडीले लेखेका हुन् । भने, कथा सिमा गुरुङको हो। चलचित्रमा अमित बस्नेत र हिराल जोशी निर्मातामा छन् । यस एक्सन–लभस्टोेरी चलचित्रमा सन्नीसँगै अनुपविक्रम साही ,विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको अभिनय छ।