चारमहिना पछि राजिव जैनले बुझे करोडको चेक

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

चर्चित फ्रेन्चाइज शो 'को बन्छ करोडपति’को पहिलो विजेता राजिव जैनलाई एक करोडको चेक हस्तान्तरण गरिएको छ। पहिलो सिजनमा राजिवले १५ वटै प्रश्नको सहि जवाफ दिएका थिए। शो समाप्त भएको चारमहिना पछि एक पत्रकार सम्मेलन गर्दै उनलाई रक्त रकम हस्तान्तरण गरिएको हो। कार्यक्रममा होस्ट नायक राजेश हमालको उपस्थितिमा विजेतालाई चेक हस्तान्तरण गरिएको हो। विराटनगरका जैनले ४२ औं श्रृंखलामा सबै प्रश्नको जवाफ मिलाएर एक करोड रुपैयाँ जितेका थिए। अहिलेसम्म जैनले मात्र एक करोड रुपैयाँ जितेका छन्।

‘बजारमा पैसा नदिने होकि भन्ने बिभिन्न हल्ला चलेपनि म विश्वस्त थिए। यो कार्यक्रमको पोर्टफोलियो नै यस्तो छ। तीनचार महिना कुर्ने पर्ने हुन्छ। तै पनि बिदेशको यति ठूलो कार्यक्रमले यस्तो गर्दै सक्दैन भन्ने थियो।’ राजिवले बजारमा चलेका हल्लालाई प्रष्ट पारे। ‘एकदम खुसी छु। बौद्धिम क्षमता अझ बढाउन थप उर्जा मिलेको छ।’ राजिवले एक करोडबाट २५ प्रतिशत कर सरकारलाई बुझाउनुपर्ने नियम छ। ‘मैले गर्वका साथ भन्छु। मैले जितेको यो एक करोडबाट सरकारको कोषमा २५ लाख गएको छ।’ ‘को बन्छ करोडपति’को दोस्रो सिजन सुरु हुन अझै ६ देखी ७ महिना लाग्ने बताइएको थियो।