‘नेपाली चलचित्रमा अध्ययनशील मानिसको खाँचो छ’: नीर शाह

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

वरिष्ठ चलचित्रकर्मी एवं कलाकार नीर शाहले नेपाली चलचित्रमा प्राज्ञिक व्यक्तिहरूको खडेरी रहेको बताएका छन्। उनले राजधानीमा चलिरहेको राष्ट्रिय चलचित्र कन्फेरेन्समा आफ्नो चलचित्र–अनुभव प्रस्तुत गर्दै चलचित्रामा अध्ययनशील मानिसको खाँचो रहेको बताएका हुन् । कन्फेरेन्सको दोस्रो दिनको अन्तिम सेसनमा बोल्दै शाहले आफ्नो पाँच दशक लामो चलचित्र अनुभव दर्शक श्रोतालाई बाँडेका थिए। शाहले तत्कालीन शाही नेपाली चलचित्र संस्थानले निर्माण गरेको चलचित्रमा नेपाली पटकथाकार नहुनाले पारेको असरको चर्चा गर्दै नेपाली चलचित्र राष्ट्रियकरण गर्न सके मात्रै अन्तराष्ट्रिय करण हुने बताए। ‘नेपाली सिनेमा निमार्णको सुरूवाती चरणमा नेपालभित्रै स्वनामधन्य साहित्यकारहरू भएपनि उनीहरू सिनेमासँग प्रत्यक्ष संलग्न नहुनु दुखद कुरा हो’, शाहले भने। त्यस्तै ‘राजनीतिको आँखामा चलचित्र भन्ने प्यानल छलफल’ मा नेकपाका नेता ठाकुर गैरे, नेपाली कांग्रेस नेतृ डा.डिला संग्रौला, राजपाका महासचिव केशव झा र पत्रकार अरुणदेव जोशी सहभागी थिए।

उक्त छलफलमा राजनीतिक विषयका चलचित्र, छलफलमा सेन्सर र राजनीतिक दलका घोषणापत्रमा चलचित्रलाई नसमेटिएको विषयको मुद्दा पनि उठेका थिए । पत्रकार तथा लेखक नारायण वाग्लेको अध्यक्षता रहेको दोस्रो सेसनमा ‘अनुभवको आलोकमा नेपालमा सिनेमा शिक्षा’ बारे चलचित्रकर्मीले नवनिधि दाहालले आफ्नो कार्यपत्र प्रस्तुत गरे। नेपालमा चलचित्र सम्बन्धी नितिको विषयमा पूनरावोलकनमा समिक्षक अनुप सुवेदीले आफ्नो भनाई व्यक्त गरेका थिए । नेपाली फिल्मको  मार्केटबारे फिल्मकर्मी सरोज सापकोटा आफ्नो अनुभव सुनाए। कन्फरेन्स शनिबार समापन भएको छ।