आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६ सकिएको छ। राजधानीको जमल स्थित राष्ट्रिय नाँचघरमा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा बुधबार एक भव्य कार्यक्रमबीच औद्योगिक शान्ति नेपाल म्युजिक अवार्डको प्रथम संस्करण सम्पन्न भएको हो। औद्योगिक शान्ति नेपाल संस्थाको आयोजना तथा क्रियटिभ इन्साईट मिडियाको ब्यवस्थापनमा सम्पन्न समारोहमा नेपालका पहिलो ड्रमर देव रानालाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने वरिष्ठ सङ्गीतकार राजु सिंहलाई रजत सम्मान प्रदान प्रदान गरिएको थियो। त्यस्तै पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार हरिहर विरहीलाई विशेष पत्रकारिता सम्मान तथा कृष्ण भुसाल, सोम शर्मा बजगाईं, किरणप्रसाद अधिकारी र कमला जोशीलाई सम्मान गरिएको थियो। समारोहमा बरिष्ठ सौन्दर्यविद रश्मिला श्रेष्ठ, सोनी काररंजित, समाजसेवी दिपक थापा, सुनिल बज्राचार्य, छिरीङ डोल्मा शेर्पा, डि.बि. रानापाल, ढाका उधोग ब्यबसायी कल्पना लिम्बु योङ्गहाङ, राष्ट्रिय खेलाडी जनक बर्तौला, भेष खड्की, इभेन्ट अर्गानाइजर निशु झा तथा पवन अग्रवाल लगायतका व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो।

अवार्ड समारोहमा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वमन्त्री तथा प्रतिष्ठीत गीतकार एसपी कोइराला, नेकपाका नेता घनश्याम भुसाल, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, नेपाल सास्कृतिक संघको सभापति तिर्थ थापा, गायक सिताराम पोखरेल लागायतले सम्मानित व्यक्तित्वहरुलाई सम्मानपत्र, दोसल्ला, टोपी र माला प्रदान गरेका थिए ।निर्देशक एवम् आवाजको दुनियाँका साथी दिनेश डिसीले सञ्चालन गरेको अवार्ड समारोहमा औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले उपस्थित अतिथिहरुलाई स्वागत मन्तव्य राखेका थिए।

२९ भाद्र २०७६, आईतवार ०३:४३